२०८२ माघ ५
January 19, 2026, Monday

आजबाट कोपाअमेरिका, आयोजक ब्राजिल र भेनेज्वेला बिच प्रतिस्पर्धा हुने

आजबाट कोपाअमेरिका, आयोजक ब्राजिल र भेनेज्वेला बिच  प्रतिस्पर्धा हुने

३० जेष्ठ २०७८, कोशीपारी अनलाइन /काभ्रे – दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औ संस्करण आजबाट ब्राजिलमा सुरु हुँदै छ ।

आज हुने उद्घाटन खेलमा आयोजक राष्ट्र तथा साविक विजेता ब्राजिलले भेनेज्वेलासँग खेल्नेछ । नेपाली समयानुसार राति २ः४५ बजे ब्राजिलको राष्ट्रिय रङ्गशालामा हुनेछ । यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै सुखद सुरुआत गर्ने दाउमा हुनेछन् ।

यसअघि अर्जेन्टिना र कोलम्बियामा संयुक्त रूपमा आयोजना हुने तय भएपनि कोलम्बियाले राजनैतिक कारण देखाउँदै र अर्जेन्टिनाले कोरोना भाइरसको महामारीको कारण देखाउँदै कोपा अमेरिका आयोजना नगर्ने जनाएको थियो । त्यसपछि ब्राजिलमा नै हुने तय भएको हो ।

अघिल्लो संस्करको कोपा अमेरिका ब्राजिलमै भएको थियो । जसको उपाधि ब्राजिलले नै उचालेको थियो । सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगिताका समूह ‘ए’मा अर्जेन्टिना, चिली, बोलिभिया, पराग्वे र उरुग्वे रहेका छन् । समूह ‘बी’ मा ब्राजिल, भेनेजुयला, कोलम्बिया, इक्वेडर र पेरु छन् ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP