२०८२ मंसिर १९
December 5, 2025, Friday

राष्ट्रिय वाणिज्य बैंकको २५ लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय वाणिज्य बैंकको २५ लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

२८ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले जेठ २५ गतेबाट प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र आनिष्काशन गरेको थियो । बैंकले ६ वर्षे अवधिको (२०८३)वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गरेको हो ।

कुल निष्काशनमध्ये बैंकले ६० प्रतिशत अर्थात् १५ लाख कित्ताले हुन आउने एक अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्नेछ, भने ४० प्रतिशत अर्थात् १० लाख कित्ताले हुन आउने कूल एक अर्ब ऋणपूँजी रकम सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट बिक्री गर्नेछ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रको विक्री बन्द हुने ढिलो अवधि असार ८ गतेसम्म रहेपनि माागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै विक्री बन्द हुन लागेको बैंकले जनाएको छ ।

बैंकलाई इक्रा नेपालले ‘केयर एनपी सिंगल प्लस’ रेटिङ दिएको छ । उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ ।

Related News

मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन संवाददाता मंसिर १८, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य...

कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे
कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन मंसिर १८, काठमाण्डौ नेपाली कांग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन मंसिर १८, काठमाण्डौं नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका...

TOP