२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

२८ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौ – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत निवासी ३०/३० वर्षीय भरत थापा र मनोज विक, १८ वर्षीय एनआर राना र सिम्ता गाउँपालिका–१ सुर्खेत निवासी कोमल राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए । सुर्खेत भेरीगङ्गा नगरपालिका–५ बबई स्थित नेपालगञ्ज–सुर्खेत सडकखण्डमा नेपालगञ्जबाट सुर्खेततर्फ लागुऔषध ब्राउन सुगर ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिप्रका सुर्खेत र इप्रका छिन्चुबाट गएको प्रहरीको संयुक्त टोली बबई पुगेको उनले बताए । 

उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी शरीर र झोलामा खानतलासी गर्दा भरत विकले लगाएको रेनकोटको बायाँ गोजीमा दुई पोका र एनआर रानाले लगाएको कालो मास्क र पहेँलो रङको झोलाभित्र लुकाइछिपाइ राखेको एक पोका र एक पुरिया गरी जम्मा तीन पोका एक पुरिया ब्राउन सुगर नापतौल गर्दा दुई ग्राम १४० मिलिग्राम परिमाण भेटिएको उनको भनाइ छ ।

पक्राउ परेका चार जनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै जबर्जस्ती करणी उद्योग र चोरी मुद्दामा विसं २०७७ फागुन ३ गते सुर्खेत उच्च अदालतबाट नौ वर्ष तीन महिना कैद र रु दुई हजार ५०० जरिवाना फैसलापश्चात फरार वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका कवि कालुङलाई प्रहरीले पक्राउ गरेलगत्तै कोरोना परीक्षण गरी जिल्ला अदालत सुर्खेतमा बिहीबार उपस्थित गराएको जनाइएको छ ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP