२० जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/कोशीपारी – काभ्रे जिल्ला भर आज गरेको कोरोना भाइरस (कोभिड-१९) परिक्षणमा १५१ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । आज गरिएको पिसिआर परिक्षणमा ११७ जनामा र एन्टिजेन्ट परिक्षणमा ३४ जनामा संक्रमण देखिएका हुन् । यो सङ्गै काभ्रेमा कोरोना संक्रमितको संख्या ९ हजार ४६७ पुगेको छ । त्यस्तै , पछिल्लो २४ घण्टामा १८२ जना कोरोना संक्रमण मुक्त भएका छन् यो सङ्गै कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ हजार १४६ पुगेको छ । पछिल्लो २४ घण्टामा काभ्रे जिल्ला भर ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले कोशीपारी अनलाइनलाई दिनुभएको छ । उहाँका अनुसार काभ्रेमा आज थपिएका संक्रमितहरुमा बनेपा, पाँचखाल, धुलिखेल, पनौती, नमोबुद्व, चौरीदेउराली,भुम्लु, मन्डनदेउपुर, रोशी र तेमाल गाउँपालिकाबाट रहेका छन् ।
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...