१८ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काभ्रे – यस वर्ष पनि एसईई परीक्षा नहुने भएको छ । मन्त्रिपरिषद्को हिजो सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै विद्यार्थीहरुको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
गत वर्ष पनि कोरोना महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो । यस वर्ष पनि कोरोना जोखिम कै कारण मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरिएको जनाएको छ ।
विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका आधारमा सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पाठाउने र प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले पास फेलको नतिजा तयार पारेर सार्वजनिक जनाइएको छ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...