२०८२ कार्तिक २८
November 14, 2025, Friday

अनुगमन सङ्गै स्वास्थ्य सामग्री वितरण गर्दै इन्द्रावती गाउँपालिका

अनुगमन सङ्गै स्वास्थ्य सामग्री वितरण गर्दै  इन्द्रावती गाउँपालिका

१८ जेष्ठ २०७८, निर्मला तामाङ, कोशीपारी अनलाइन संवाददाता/सिन्धुपाल्चोक : विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले नेपालमा पनि दिनानुदिन भयबाह स्थिती सिर्जना भएको छ । दिनानुदिन संक्रमितको संख्या बढ्दै गैरहेका छन् भने मृत्यु हुनेको पनि उस्तै स्थिती छ । कोरोना महामारी रोकथामका लागि सरकारले लकडाउन गरेपछि शहर मात्र नभई गाउँ वास्तीमा समेत जनजीवन कष्टकर बन्दै गएको छ । हरेक स्थानीय सरकारले आफ्नो जनताको सुरक्षाको लागि विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएका छन् । इन्द्रावती गाउँपालिकाले पनि हरेक वडाहरुको अनुगमन सङ्गसङ्गै स्वास्थ्य सामग्री समेत वितरण गरेका छन् । गाउँपालिकाले हाल सम्म ७, १०, ११ र १२ वडाहरुमा गै प्रत्यक्ष अनुगमन गरिएको र माक्स, सेनिटाइजर, थर्मल लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको जानकारी गाउँपालिका अध्यक्ष बंशलाल तामाङले हामीलाई दिनुभएको छ । उहाँले भन्नुभयो “अहिले पालिका भित्र कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ, हामी निरन्तर संक्रमितहरुसङ्गै सम्पर्कमा नै छौ, हामी हरेक वडा वडामा पुगि संक्रमीत हरुको स्थिती बुझ्न र वडाहरुलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण नि गर्दैछौ ।” यो सङ्गै पालिकाले निरन्तर जनचेतना र उच्च सतर्कता अपनाउन समेत पहल गर्दै आएको छ । इन्द्रावती गाउँपालिकाले दिएको जानकारी अनुसार हाल सम्म पालिका भित्र ६४३ जनाको कोरोना परिक्षण गरिएको जसमा १९२ जनामा कोरोना संक्रमण देखिएका छन् । संक्रमित मध्ये हाल सम्म ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । त्यस्तै गरि वडा नम्बर ७ मा बनाएको आइसोलेसनमा २ जना संक्रमित रहेको र अन्य संक्रमितहरु होम आइसोलेसनमा नै रहेका छन् । साथै पालिकाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा न्यूनीकरणको लागि सबै पालिका वासीलाई लकडाउनको पालना गरि घरमा नै बस्न पनि आग्रह गरिएको छ ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०७८ जेष्ठ १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७८ जेष्ठ १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७८ जेष्ठ १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP