१६ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ एजेन्सी युइएफए च्याम्पियन्स लिगको उपाधी चेल्सीले जितेको छ । आज बिहान सम्पन्न फाइनल खेलमा चेल्सीले म्यानचेष्टर सिटीलाई १-० गोलले पराजित गर्दै फाइनलको उपाधी हात पारेको हो । पोर्टोको स्टेडियो डे ड्रागोमा सम्पन्न खेलमा एक मात्र गोल चेल्सीका काई हाभर्जले गरेका थिए । पहिलो हाफको ४२औं मिनेटमा मेसन माउन्टको पासलाई हाभर्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको तुलनामा दोस्रो हाफमा भने सिटीको दबदबा निकै बलियो देखियो । तर चेल्सीको रक्षापङ्तीको अगाडि सिटीको केही चल्न सकेन र फाइनल खेल चेल्सीले आफ्नो पक्षमा पार्यो । यस जीतसँगै चेल्सीको यो नौ वर्ष पछिको दोस्रो उपाधी हो । दुवै इङ्लिस टोली च्याम्पियन्स लिगको फाइनलमा भिड्दा प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीले भने पराजय भोगेको हो ।-
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...