२०८२ माघ ५
January 19, 2026, Monday

नेपाल इराकसँग ६-२ गोल अन्तरले पराजित

नेपाल इराकसँग ६-२ गोल अन्तरले पराजित

१६ जेष्ठ २०७८, कोशीपारी अनलाइन /काभ्रे -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालमाथि इराकले फराकिलो जित दर्ता गरेको छ । शनिबार राति इराकको मैदानमा भएको खेलमा घरेलु टोलीले नेपालमाथि ६–२ गोलको जित दर्ता गरेको हो । इराकस्थित अल बस्रामा खेलको सातौँ मिनेटमा आला अब्दुलले गोल गर्दै इराकलाई सुरुआती अग्रता दिलाएका थिए । आठौँ मिनेटमा साफा हादीले आत्मघाती गोल गरेपछि नेपाल बराबरीमा फर्किएको थियो ।

२९औँ मिनेटमा आजै सिनियर टिममा डेब्यु गरेका मनीष डाँगीले गोल गर्दै नेपाललाई २–१ गोलको अग्रता दिलाए । खेलको ३९औँ मिनेटमा इराकका मोहम्मद ओबाइदले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।

खेलको ४० औं मिनेटमा एमेन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाए । त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाएका छन् । पहिलो हाफमा चार दुईको अग्रता बनाएको इराकका लागि ६६औं मिनेटमा मोहनाद अली अल्सामरीले गोल गरे । त्यसपछि ७५औं मिनेटमा सज्जाद जासिमले अर्को उत्कृष्ट गोल गर्दै इराकलाई ६–२ गोलले जिताए ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP