२०८३ बैशाख ९
April 22, 2026, Wednesday

बजेटमार्फत् कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि विभिन्न राहत कार्यक्रम घोषणा

बजेटमार्फत् कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि विभिन्न राहत कार्यक्रम घोषणा

१५ जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडाैं- सरकारले आगामी वर्षको बजेटमार्फत् कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि विभिन्न राहत कार्यक्रम घोषणा गरेको छ। आगामी वर्षको बजेटमार्फत् प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न कार्यक्रम घोषणा गरेका हुन्। बजेटमा २० हजार लिटरसम्म खानेपानीको महशुल छुट, सरकारी स्वामित्वका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत् अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट र खानेपानी तथा सिँचाइ उपभोक्ता समितिलाई बिजुलीको डिमान्ड शुल्कमा छुट घोषणा गरेको छ। यसैगरी निषेधाज्ञा अवधिमा गार्हस्थ बिजुली उपभोक्तालाई महशुलमा छुट, कृषि उपज ढुवानी भाडामा २५ प्रतिशत अनुदान, विश्वविद्यालय तहका विद्यार्थीलाई ल्यापटप किन्न एक प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँसम्मको ऋण, सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेका श्रमिकलाई जेठ र असारमा सरकारले योगदान जम्मा गर्ने, होटललाई पनि उद्योगसरह मान्यता दिएर छुट तथा सुविधा दिने, होटलले आइसोलेसन सेन्टर सञ्चालन गरेमा सरकारले रकम दिने, कृषि उपज ढुवानी भाडामा २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ। व्यवसाय निरन्तरता कर्जा निरन्तर हुने, सरकारी सम्पत्ति भाडा लिएर व्यवसाय गर्नेलाई निषेधाज्ञा अवधिमा ५० प्रतिशत भाडा छुट र पुनर्कर्जा अझै विस्तार गर्ने तथा सहुलियतपूर्ण कर्जा पनि निरन्तर हुने भएको छ। यसैगरी सरकारी कर्मचारीलाई १० दिनको भ्रमण काज र एक अर्बको च्यालेञ्ज फण्डलगायत बजेटमा समेटिएको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP