२०८२ फाल्गुन २९
March 13, 2026, Friday

जिदानले रियल म्याड्रिडको प्रशिक्षकबाट दिए राजीनामा

जिदानले रियल म्याड्रिडको प्रशिक्षकबाट दिए राजीनामा

१४ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/एजेन्सी -जिनेदिन जिदानले स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षक पदबाट राजीनामा दिएका छन्।

रियलले जिदानले क्लब छाडेको बिहीबार पुष्टि गरेको हो। रियल र जिदानबीच अझै एक वर्षको सम्झौता बाँकी थियो। 

जिदानको क्लब छाड्ने निर्णयलाई क्लबले सम्मान गर्ने रियलले आफ्नो आधिकारिक वेभ पोर्टलमा लेखेको छ। 

रियल म्याड्रिडका पूर्व खेलाडी जिदान पहिलो पटक सन् २०१६ मा रियलको प्रशिक्षक बनेक थिए।

जिदानको प्रशिक्षणमा रियलले एक पटक ला लिगा र तीन पटक लगातार युरोपियन च्यम्पियन्स लिगको उपाधि जितेको थियो। 

एक वर्ष क्लब छाडेपछि उनी सन् २०१९ मा दोस्रो पटक रियलको प्रशिक्षक नियुक्त भएका थिए। 

यो सिजन उनको प्रशिक्षणमा रियलले कुनै पनि उपाधि जित्न सकेको थिएन।

जिदानको प्रशिक्षणमा रियलले २६३ खेल खेल्दा १७४ जित र ३६ हार बेहोर्‍यो। बाँकी खेल बराबरीमा सकिएका थिए। 

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ जेष्ठ १३

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०७८ जेष्ठ १३

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०७८ जेष्ठ १३

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP