१४ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/एजेन्सी -जिनेदिन जिदानले स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षक पदबाट राजीनामा दिएका छन्।
रियलले जिदानले क्लब छाडेको बिहीबार पुष्टि गरेको हो। रियल र जिदानबीच अझै एक वर्षको सम्झौता बाँकी थियो।
जिदानको क्लब छाड्ने निर्णयलाई क्लबले सम्मान गर्ने रियलले आफ्नो आधिकारिक वेभ पोर्टलमा लेखेको छ।
रियल म्याड्रिडका पूर्व खेलाडी जिदान पहिलो पटक सन् २०१६ मा रियलको प्रशिक्षक बनेक थिए।
जिदानको प्रशिक्षणमा रियलले एक पटक ला लिगा र तीन पटक लगातार युरोपियन च्यम्पियन्स लिगको उपाधि जितेको थियो।
एक वर्ष क्लब छाडेपछि उनी सन् २०१९ मा दोस्रो पटक रियलको प्रशिक्षक नियुक्त भएका थिए।
यो सिजन उनको प्रशिक्षणमा रियलले कुनै पनि उपाधि जित्न सकेको थिएन।
जिदानको प्रशिक्षणमा रियलले २६३ खेल खेल्दा १७४ जित र ३६ हार बेहोर्यो। बाँकी खेल बराबरीमा सकिएका थिए।
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...