११ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं – यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा आज जेठ ११ गते हुँदैछ । कम्पनीको बैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले बार्षिक साधारण सभाको मिति तय गरेको हो ।
कोभिड १९ को प्रभावका कारण वार्षिक साधारणसभामा उपस्थित हुने शेयरधनीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आधिकारिक परिचयपत्रका साथमा लिई आउन कम्पनीले अनुरोध गरेको छ।
कम्पनीले साधारणसभाबाट स्वतन्त्र विज्ञ संचालकको नियुक्ति अनुमोदन गर्ने भएको छ ।
साधारणसभाले संचालक समितिले तयार पारेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७५र७६ को लेखापरिक्षणको प्रतिवेदन वासलात तथा नाफारनोक्सान हिसाव एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गरिने भएको छ ।
हाल बाहलवाला लेखापरिक्षक एलएसपी एसोसिएट्स चार्टर्ड एकाउन्टेण्टस् लाई नै पुनः नियुक्त गर्ने छ । कम्पनी ऐनको दफा १०५ को १ (ग) बमोजिम आर्थिक वर्ष २०७५/७६ मा भएको खर्चको अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।
कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहान १२ बजेदेखि लागू हुने...
कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा...
कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...