११ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ प्यूठान — प्यूठान नगरपालिका–१ चेरनेटा जंगलमा झुन्डिएको अवस्थामा तीन वटा शव भेटिएको छ ।
सोमबार दिउँसो ‘माइत जान्छु’ भनेर हिँडेकी स्वर्गद्वारी नगरपालिका ९ की अन्दाजी ३२ वर्षीय गायत्री सुनार, ७ वर्षीया छोरी र ३ वर्षीय छोराको शव सालको रुखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।
माइतमा बिरामी आमा भेट्न भनेर हिँडेकी महिला र छोराछोरीको शव झुन्डिएको अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी सुनिल मल्लले बताए । मल्लका अनुसार एउटै रुखमा तीनै जना अलग/अलग डोरीमा झुन्डिएका छन् ।
गायत्रीका श्रीमान रोजगारीको सिलििलामा भारतमा रहेकाले उनी छोराछोरीसहित घरमा बस्दै आएकी थिइन् । घटनाको अनुसन्धान गरिरहेको डीएसपी मल्लले बताए । पोस्टमार्टमका लागि शवहरू जिल्ला अस्पताल बिजुवार ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...