२०८२ मंसिर १९
December 5, 2025, Friday

दुर्गा प्रसाईंले डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई दिए धम्की

दुर्गा प्रसाईंले डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई दिए धम्की

१० जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता /काठमाडौँ — झापास्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई धम्की दिएका छन् । 

प्रसाईंले सुवेदीलाई फोन गरेर भौतिक आक्रमण गर्ने धम्की दिएको सोलिडारिटी फर डा केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए । ‘तँलाई भेटे भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु,’ टेलिफोनमा प्रसाईंले भनेका छन् । सुवेदीका परिवारका सदस्यहरु (आमा, बुवा र बहिनी) लाई समेत जोडेर ‘डाँका’ भन्दै गालीगलौच गरिएको छ । सुवेदी केसीको चिकित्सा क्षेत्र सुधार अभियानका मिडिया संयोजक हुन् ।

गत हप्ता डा. केसीले काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति सुवेदीले सञ्चारमाध्यमहरुलाई उपलब्ध गराएका थिए । बिज्ञप्ति निकालेकै दिन प्रसाईंले धम्की दिएको सुवेदीले कान्तिपुरसित बताए । ‘तँ कहाँ छस् ? त्यहीँ आउँछु भनेका छन्,’ उनले भने । सोलिडारिटीले सुवेदीको सुरक्षाको मागसमेत गरेको छ । भौतिक आक्रमण गर्ने धम्की आइरहेकाले त्यसको जिम्मेवारी प्रसाईंले लिनुपर्ने क्षेत्रीले बताए । प्रहरीमा उनीविरुद्ध जाहेरीसमेत दर्ता गराउने तयारी भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीका विश्वासप्रात्र मानिने प्रसाईंले अभियानका एक सहयोगीलाई धम्की दिएको भन्दै संयोजक क्षेत्रीले आपत्ति जनाए । बीएन्डसीलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा नियमविपरीत सम्बन्धन दिने चलखेल भइरहेको छ । काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । प्रधानमन्त्री ओलीले पनि सम्बन्धन पाउने बताइसकेका छन् ।

प्रसाईंले सुवेदीलाई फोन गरेर भौतिक आक्रमण गर्ने धम्की दिएको सोलिडारिटी फर डा केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए । ‘तँलाई भेटे भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु,’ टेलिफोनमा प्रसाईंले भनेका छन् । सुवेदीका परिवारका सदस्यहरु (आमा, बुवा र बहिनी) लाई समेत जोडेर ‘डाँका’ भन्दै गालीगलौच गरिएको छ । सुवेदी केसीको चिकित्सा क्षेत्र सुधार अभियानका मिडिया संयोजक हुन् ।

गत हप्ता डा. केसीले काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति सुवेदीले सञ्चारमाध्यमहरुलाई उपलब्ध गराएका थिए । बिज्ञप्ति निकालेकै दिन प्रसाईंले धम्की दिएको सुवेदीले कान्तिपुरसित बताए । ‘तँ कहाँ छस् ? त्यहीँ आउँछु भनेका छन्,’ उनले भने । सोलिडारिटीले सुवेदीको सुरक्षाको मागसमेत गरेको छ । भौतिक आक्रमण गर्ने धम्की आइरहेकाले त्यसको जिम्मेवारी प्रसाईंले लिनुपर्ने क्षेत्रीले बताए । प्रहरीमा उनीविरुद्ध जाहेरीसमेत दर्ता गराउने तयारी भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीका विश्वासप्रात्र मानिने प्रसाईंले अभियानका एक सहयोगीलाई धम्की दिएको भन्दै संयोजक क्षेत्रीले आपत्ति जनाए । बीएन्डसीलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा नियमविपरीत सम्बन्धन दिने चलखेल भइरहेको छ । काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । प्रधानमन्त्री ओलीले पनि सम्बन्धन पाउने बताइसकेका छन् । केसी पक्षले बीएन्डसीसहित जुनसुकै मेडिकल कलेजलाई चिकित्सा शिक्षा ऐन र नियमावलीको प्रावधानअनुसार प्रक्रिया पूरा गरेर मात्र सम्बन्धन दिनुपर्ने बताउँदै आएको छ । सञ्चालक प्रसाईंले भने ऐन जारी गर्नुअघि मनशायपत्र पाएकाले आफुले स्वतः सम्बन्धन पाउने दाबी गर्दै आएका छन् । तर मनशायपत्र नवीकरण छैन । यसपटक आफूले सम्बन्धन पाउने प्रसाईंले ठोकुवा गरिरहेका छन् ।

Related News

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्  : मन्त्री गुप्ता
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन् : मन्त्री गुप्ता
  • २०७८ जेष्ठ १०

कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको...

राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग
राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग
  • २०७८ जेष्ठ १०

कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा...

मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
  • २०७८ जेष्ठ १०

कोशीपारी अनलाइन संवाददाता मंसिर १८, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य...

TOP