२०८२ फाल्गुन २९
March 13, 2026, Friday

अत्याधुनिक हतियारको म्याग्जिन र गोली रोल्पामा भेटियो

अत्याधुनिक हतियारको म्याग्जिन र गोली रोल्पामा भेटियो

९ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/रोल्पा– रोल्पामा ठूलो परिमाणमा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटिएको छ । त्रिवेणी गाउँपालिका–२ रामपुर गाउँ नजिकैको बास घारीमा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो । यस्तै एके ४७ को गोली ७ सय ५२ थान, ७.६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरि ९ सय ७० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । हतियारका सामाग्रीहरु रहेको स्थानीयले खबर गरेपछि नेपाली सेनाको बटुक दल गणको दहबनस्थित गुल्मको टोलीले उक्त सामाग्री बरामद गरेको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । रोल्पामा पटक पटक ठूलो परिमाणमा हतियार बरामद हुने गरेको छ । गत साल असोजमा पनि नेपाली सेनाले ठूलो परिमाणमा हतियार बरामद गरेको थियो । हतियार भेटिए पनि राजनीतिक दबावका कारण प्रहरीले ति कुरा गोप्य राख्दै आएको छ । रोल्पाका गाउँमा हतियार भेटिएको भएपनि प्रहरीले गोप्य राख्दा ठूलो दुर्घटना समेत हुदै आएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमा ओलीको गुनासो छ । ‘गत वर्ष मात्रै त्रिवेणी गाउँपालिका–७ मा बेवारिसे बम विष्फोट हुदा गोठालो गएका ४ बालकको अकालमा ज्यान गएको थियो’ अध्यक्ष ओलीले भन्नुभयो ‘प्रहरीले यि कुराहरु हामीलाई कुनै जानकारी नगराउदा यि हतियार कहाँबाट आएका हुन र के कारणले ल्याइएका हुन भन्ने आशंका उत्पन्न भएको छ ।’

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP