७ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काभ्रे : बीपी राजमार्ग अन्तर्गत काभ्रे भञ्ज्याङमा प्रहरीको गाडी र बोलेरो एक आपसमा ठोकिदा दुर्घटना भएका छन् । काभ्रे भञ्ज्याङ्बाट धुुुलिखेल तर्फ आउदै गरेको प्रहरीको गाडी र भकुण्डे तर्फ जाँदै गरेको कुखुरा बोक्ने बोलेरो गाडी आपसमा ठोकिएका हुन् । दुर्घटनामा दुबै तर्फ मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । अत्याधिक तीब्र गतिमा रहेको प्रदेश ०२ ०३००१ च २३९६ नम्बरको बोलेरो गाडीले जिल्ला प्रहरी कार्यालय काभ्रेको प्र ३ ०१००२ झ ४८४१ नम्बरको गाडीलाई ठक्कर दिएको थियो । प्रहरीको गाडिमा ४ जना सवार थिए भने बोलेरोमा ३ जना सवार थिए । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...