७ जेठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं -कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा सरकारले संकटकाल लगाउने तयारी गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो जारी गरेको अध्यादेशमा संकटकालबारे गरिएको व्यवस्थाबारे थप विवरण प्राप्त भइसकेको छैन।
अध्यादेशमा संकटकाल कुन अवस्थामा लगाउने भन्नेबारे स्पष्ट नभएको एक मन्त्रीले जानकारी दिए। तर यसबारे प्रधामन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग गहिरो छलफल गरेको बुझिएको छ ।
खासगरी संकटकालका बेला कोरोना नियन्त्रणका लागि अक्सिजनलगायत जफत गर्दा हुन सक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै ओलीले थापासँग सेनाको समन्वयकारी र सहयोगात्मक भूमिको खोज्नु भएको हो ।
संकटकाल लागेमा सामान्य अवस्थामा प्रचलित उपभोग भएका नागरिक हक र अधिकार पनि प्रभावित हुन्छन् ।
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...