एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड विश्वकै सबैभन्दा मुल्यवान फुटबल ब्रान्ड बनेको छ । हालै ब्रान्ड फाइनान्सद्वारा प्रकाशित एक सुचीमा अर्को स्पोनिस टोली बार्सिलोना र इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै रियल शीर्षमा रहेको छ । रियल मुल्यवान फुटबल क्लबको शीर्षस्थानमा रहेको यो लगातार तेस्रो वर्ष हो । विश्वका ५ क्लबको मुल्य अरब भन्दा भन्दा माथि रहेको छ क्लबमध्ये रियल पनि एक हो । यो वर्षका लागि जारी भएको सुचीको शीर्ष १० क्लबमा छ क्लब प्रिमियर लिगका छन् । ब्रान्ड मुल्यवान हुनुमा मुख्यत च्याम्पियन्स लिगको सहभागिता रहेको छ । ब्रान्ड फाइनान्सको रिपोर्टमा भनिएको छ रियलले च्याम्पियनस लिग छनोटमा एकरुपताको प्रदर्शन गर्दै आएको छ । च्याम्पियन्स लिगकै प्रदर्शन टोली क्लबको सफलताको बलियो आधार हो । यो सिजन रियल च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको थियो । घरेलु लिगमा भने टोली अन्तिम खेल बाँकी रहँदा पनि उपाधि होडमा कायम छ । शीर्ष १० मुल्यवान क्लब रियल म्याड्रिड – १ हजार २ सय ७६ मिलियन युरो, बार्सिलोना – १ हजार २ सय ६६ मिलियन म्यानचेष्टर युनाइटेड – १ हजार १ सय ३० मिलियन युरो म्यानचेष्टर सिटी – १ हजार १ सय १८ मिलियन युरो बायर्न म्युनिख – १ हजार ६८ मिलियन युरो लिभरपुल – ९ सय ७३ मिलियन युरो पिएसजी – ८ सय ८७ मिलियन युरो चेल्सी – ७ सय ६९ मिलियन युरो टोटेनहम – ७ सय २३ मिलियन युरो आर्सनल – ६ सय ७५ मिलियन युरो
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...