२०८२ कार्तिक २८
November 14, 2025, Friday

श्रीमतीलाई खाल्डो खनेर पुरेको अभियोगमा श्रीमान र ससुरा पक्राउ, घटनाबारे थप अनुसन्धान हुँदै

श्रीमतीलाई खाल्डो खनेर पुरेको अभियोगमा श्रीमान र ससुरा पक्राउ, घटनाबारे थप अनुसन्धान हुँदै

०६ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्बर ९ गोठपानीमा श्रीमतीको लासलाई खाल्डो खनेर पुरेको अभियोगमा प्रहरीले श्रीमान र ससुरालाई नियन्त्रणमा लिएको छ । मृतक तनहुुँ बन्दिपुरकि २२ बर्षिय सुमिना गुरुङ्गको शव प्रहरीले गाडिएको स्थानबाट उत्खनन गरेका छन् ।
प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाका अनुसार घटनामा संलग्न भएको अभियोगमा मृतक महिलाका ससुरा ६६ बर्षिय च्याङ्गवा भनिने चन्द्रबज्र लामा र श्रीमान २८ बर्षिय सोनाम लामालाई नियन्त्रणमा लिईएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि पठाई थप अनुसन्धान शुरु गरिएको डिएस्पी खतिवडाले जानकारी दिनुभयो ।

साविक गोठपानी गाविस वडा नम्वर १ हालको चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ स्थित गोठपानी कालिमाटी भन्ने स्थानमा तनहुँ जिल्ला साविक बन्दीपुर गाविस वडा नम्वर ६ घर भई हाल बन्दीपुर नगरपालिका वडा नम्वर ४ लोही माईतीघर भएकी २२ बर्षिया सुमिना गुरुङ्ग लामाको सोनाम लामासँग केहि वर्ष अघि मात्रै प्रेम विवाह भएको थियो ।अन्र्तजातिय विवाह, पारिवारिक बेमेलका कारण श्रीमान श्रीमती बीच केहि समय देखि झै झगडा हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजधानीमा निषेधाज्ञा भएको र परिवार पनि गाउँमै रहेकाले उनिहरु गाउँमै थिए । सुमिना २०७८ जेठ १ गते दिउसै देखि गाउँबाट हराएकाले स्थानीयहरुको समेत सहयोगमा खोजतलास शुरु गरिएको थियो ।

माईतीमा पनि सुमिनाका बाबु विष्णुबहादुर गुरुङ्ग र आमा जुनु गुरुङ्गलाई छोरी हराएको बारेमा जानकारी गराईएको थियो । साँझ सुमिना गुरुङ्ग सलको पासो लगाएर झुण्डिएको अवस्थामा श्रीमान सोनाम लामाले देखे । उनले घर परिवारलाई भने । तत्कालै पासो काटियो । झुण्डिएर मरेकी श्रीमतीका बारेमा प्रहरी र आफन्तलाई खवर नगरी पारिवारीक सल्लाहमा घर भन्दा तल आफ्नै मकै बारीमा खाल्डो खनी गाडिदिए । उनले श्रीमती हराईरहेको र नभेटिएकाले खोजिदिन स्थानीय र आफन्तलाई अनुरोध गर्दै आएका थिए ।प्रहरीले प्राप्त गरेको विशेष सूचनाका आधारमा सोनाम लामालाई प्रहरीले नियन्त्रणमा लिई जेठ ५ गते घटनास्थलमा पु-याई श्रीमती गाडिएको स्थान देखाए पछि प्रहरीले सुमिना गुरुङ्गको शव उत्खनन गरेको थियो । शव उत्खनन गरेसँगै प्रहरीले सुमिनाका श्रीमान सोनाम र उनका ससुरा चन्द्रबज्र लामालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ । श्रीमान सोनामले श्रीमती झुण्डिएको देखे लगत्तै बचाउन सकिन्छ कि भन्ने आशमा पासो काटेको तर उनि मरिसकेकाले अरुले थाहा पाउँछन भन्ने डरले बाबुको सल्लाहमा बारीमा खनेर गाडिदिएको बयान दिएका छन् । प्रहरीले आवश्यक अनुसन्धान गरी दोषिलाई कारवाहीका लागि अदालत बुझाईने प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिनु भयो ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०७८ जेष्ठ ६

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७८ जेष्ठ ६

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७८ जेष्ठ ६

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP