२०८२ कार्तिक २३
November 9, 2025, Sunday

लमजुङको भुलभुलेमा भुकम्प जादा ६ जना घाइते, २७ घर क्षतिग्रस्त

लमजुङको भुलभुलेमा भुकम्प जादा ६ जना घाइते, २७ घर क्षतिग्रस्त

०५ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ लमजुङ– लमजुङमा बुधबार बिहान गएको भूकम्पले २७ घरमा क्षति पुग्नुका साथै ६ जना घाइते भएका छन् । त्यसपछि पनि निरन्तरजसो परकम्प गएकाले प्रायजसो स्थानीय बासिन्दा खुला ठाउँमै बसिरहेका छन् । बिहान ५ बजेर ४२ मिनेटमा मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहानको भूकम्पपछि सोही ठाउँमा २० भन्दा बढी परकम्प गएका छन् । केन्द्रले बिहानको भूकम्प पनि २०७२ वैशाखको गोरखा भूकम्पकै परकम्प रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार अहिलेसम्म भूकम्पमा परी ६ जना घाइते भएको जानकारी आएको छ । ३ जना घरको पर्खाल खसेर र ३ जना भागदौडका क्रममा घाइते भएको उनले बताए । रेग्मीका अनुसार मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेंसीसहर नगरपालिका–६ चनौटे बस्दै आएकी ४० वर्षीया उमा गुरुङ, बेंसीसहर ११, रामचोकबेंसीकी ८३ वर्षीया खवकुमारी पाण्डे र दोर्दी गाउँपालिका–७, लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङ घर भत्किँदा घाइते भएका छन् ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ जेष्ठ ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP