०३ जेठ २०७८, कोशीपारी अनलाइन -एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा क्याटलान क्लब बार्सिलोना सेल्टा डि भिगोसँग पराजित हुदै स्पेनिस ला लिगाको उपाधि होडबाट बाहिरिएको छ । लिगको शीर्ष दुई टोलीले जित निकालेको दिन बार्सिलोनाले घरेलु मैदानमा हार बेहोरेपछि उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ७ अंकले तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि परेको छ । ला लिगामा अन्तिम चरणको खेल बाँकी रहँदा बार्सिलोनोले ७६ अंक जोड्यो । एट्लेटिकोको ८३ तथा रियलको ८१ अंक छ । जितपछि सेल्टा ५३ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ । नोउ क्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई हराउन सान्टी मिनाले दुई गोल गरे । बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सीले गरेको गोल सान्त्वना बन्यो । खेलको २८औं मिनेटमा कप्तान मेस्सीले सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, बार्सिलोनाले त्यो अग्रतालाई जोगाउन सकेन । ३८औं मिनेटमा सान्टी मिनाले बराबरी गोल फर्काए । दोस्रो हाफमा १० मिनेटमा अन्तरमा क्लेमेन्ट लेङ्लेटको दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना समस्या परेको थियो । ७३औं मिनेटमा पहिलो पहेँलो कार्ड खाएका लेङ्लेटले ८३औं मिनेटमा अर्काे पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसको फाइदा सेल्टाले उठाउन सफल भयो । निर्धारित समयको खेल सकिन १ मिनेट बाँकी रहँदा सान्टी मिनाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बार्सिलोनालाई स्तब्ध पार्दै उपाधि होडबाट पनि पन्छायो ।
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...