२०८२ फाल्गुन २५
March 9, 2026, Monday

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा जेठ २८ मा, बोनससहितको लाभांश प्रस्ताव पारित हुने

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा जेठ २८ मा, बोनससहितको लाभांश प्रस्ताव पारित हुने

०३ जेठ २०७८, कोशीपारी अनलाइन /काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको साधारणसभा यही जेठ २८ गतेको लागि आह्वान गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आगामी १६ औं साधारणसभाको मिति घोषणा गर्दै बुक क्लोज मिति समेत तय गरेको छ ।

कम्पनीले आव २०७६।०७६ को बार्षिक साधारणसभा आयोजना गर्न लागेको हो । उक्त आर्थिक वर्षमा आर्जित मुनाफाबाट पाँच प्रतिशत बोनस शेयर शेयर र पाँच प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित हुनेछ ।

कम्पनीले साधारणसभामा नियमित प्रस्तावको रुपमा वित्तीय विवरणहरु पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन पारित गर्ने तथा चालु आवको लागि लेखा परिक्षक नियुक्ती गर्ने कार्यहरु गर्नेछ । साधारणसभामा सञ्चालक समितिको बैठक भत्ता पुनरावलोकन गर्ने प्रस्ताव समेत अघि बढाएको छ ।

साधारणसभा प्रयोजनको लागि आगामी जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि हिजो बसेको सञ्चालक समितिले निर्णय गरेको कम्पनी सचिव देवेन्द्र कोइारालाले जनाएका छन् । शेयर दर्ता किताबमा आगामी जेठ १३ गतेसम्म कायम रहेका लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले आगामाी साधारणसभामा भाग लिन तथा बोनस शेयर लिन पाउनेछन् ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ जेष्ठ ३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ जेष्ठ ३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ जेष्ठ ३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP