२०८२ कार्तिक २३
November 9, 2025, Sunday

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा जेठ २८ मा, बोनससहितको लाभांश प्रस्ताव पारित हुने

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा जेठ २८ मा, बोनससहितको लाभांश प्रस्ताव पारित हुने

०३ जेठ २०७८, कोशीपारी अनलाइन /काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको साधारणसभा यही जेठ २८ गतेको लागि आह्वान गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आगामी १६ औं साधारणसभाको मिति घोषणा गर्दै बुक क्लोज मिति समेत तय गरेको छ ।

कम्पनीले आव २०७६।०७६ को बार्षिक साधारणसभा आयोजना गर्न लागेको हो । उक्त आर्थिक वर्षमा आर्जित मुनाफाबाट पाँच प्रतिशत बोनस शेयर शेयर र पाँच प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित हुनेछ ।

कम्पनीले साधारणसभामा नियमित प्रस्तावको रुपमा वित्तीय विवरणहरु पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन पारित गर्ने तथा चालु आवको लागि लेखा परिक्षक नियुक्ती गर्ने कार्यहरु गर्नेछ । साधारणसभामा सञ्चालक समितिको बैठक भत्ता पुनरावलोकन गर्ने प्रस्ताव समेत अघि बढाएको छ ।

साधारणसभा प्रयोजनको लागि आगामी जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि हिजो बसेको सञ्चालक समितिले निर्णय गरेको कम्पनी सचिव देवेन्द्र कोइारालाले जनाएका छन् । शेयर दर्ता किताबमा आगामी जेठ १३ गतेसम्म कायम रहेका लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले आगामाी साधारणसभामा भाग लिन तथा बोनस शेयर लिन पाउनेछन् ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ जेष्ठ ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ जेष्ठ ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ जेष्ठ ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP