०३ जेठ २०७८, कोशीपारी अनलाइन/ काठमाडौ महामारी झेरीरहेको भारतमा अहिले अति शक्तिशाली चक्रपातले फेरी ठूलो समस्या उत्पन्न गराएको छ । पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात्’ अझ विकसित हुने क्रममा रहेकाले भारतमा त्यसले थप क्षती पुर्याउने आँकलन गरिएको छ । त्यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । नेपालमा प्रत्यक्ष असर नपरेपनि देशको पूवी भेगमा असर पर्ने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका हुन् । आइतवार विशेष वुलेटिन जारी गर्दै महाशाखाले सर्वसाधारणलाई सचेत गराएको हो । जसका अनुसार चक्रवातका कारण मंगलबारबाट देशका धेरै स्थानमा मौसम सामान्यदेखि पूर्णसम्म बदली हुने सम्भावना छ। बुधबार बेलुकादेखि शुक्रबारसम्म भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र थोरै स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ। यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका पनि थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘यो सिजनमा मेघगर्जनरचट्याङ, हावाहुरी र असिना(पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’ महाशाखाले जारी गरेको बुलेटिनमा भनेको छ । यस अवधिमा उच्च हिमाली क्षेत्रमा पर्वतारोहण नगर्न तथा नगराउनसमेत मौसम महाशाखाले अनुरोध गरेको छ। बुलेटिनमा भनिएको छ ‘मौसम पूर्वानुमान महाशाखाले यो चक्रवातलाई निरन्तर अनुगमन गरिरहेको हुनाले मौसम अद्यावधिक गरिरहनु होला।’न
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...