२०८२ कार्तिक २१
November 7, 2025, Friday

शक्तिशाली चक्रपातले फेरी ठूलो समस्या उत्पन्न हुँदै, नेपालमा पनि यसको प्रभाव सुरु हुँदै, सजाग रहन मौसमविद्को आग्रह

०३ जेठ २०७८, कोशीपारी अनलाइन/ काठमाडौ महामारी झेरीरहेको भारतमा अहिले अति शक्तिशाली चक्रपातले फेरी ठूलो समस्या उत्पन्न गराएको छ । पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात्’ अझ विकसित हुने क्रममा रहेकाले भारतमा त्यसले थप क्षती पुर्याउने आँकलन गरिएको छ । त्यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । नेपालमा प्रत्यक्ष असर नपरेपनि देशको पूवी भेगमा असर पर्ने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका हुन् । आइतवार विशेष वुलेटिन जारी गर्दै महाशाखाले सर्वसाधारणलाई सचेत गराएको हो । जसका अनुसार चक्रवातका कारण मंगलबारबाट देशका धेरै स्थानमा मौसम सामान्यदेखि पूर्णसम्म बदली हुने सम्भावना छ। बुधबार बेलुकादेखि शुक्रबारसम्म भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र थोरै स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ। यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका पनि थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘यो सिजनमा मेघगर्जनरचट्याङ, हावाहुरी र असिना(पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’ महाशाखाले जारी गरेको बुलेटिनमा भनेको छ । यस अवधिमा उच्च हिमाली क्षेत्रमा पर्वतारोहण नगर्न तथा नगराउनसमेत मौसम महाशाखाले अनुरोध गरेको छ। बुलेटिनमा भनिएको छ ‘मौसम पूर्वानुमान महाशाखाले यो चक्रवातलाई निरन्तर अनुगमन गरिरहेको हुनाले मौसम अद्यावधिक गरिरहनु होला।’न

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०७८ जेष्ठ ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७८ जेष्ठ ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७८ जेष्ठ ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP