२०८२ फाल्गुन ४
February 16, 2026, Monday

थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि, २४ घन्टामा ६६४८ जना संक्रमण मुक्त,१४५ जनाको मृत्यु

थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि, २४ घन्टामा ६६४८ जना संक्रमण मुक्त,१४५ जनाको मृत्यु

०२ जेठ २०७८, कोशीपारी अनलाइन /काठमाडौं– नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९ पीसीआर परीक्षणमा ५ हजार ३१६ र ३४४ एन्टीजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । उक्त संख्या नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको रेकर्डसमेत जोडर भएको हो । गएको २४ घण्टामा ६६४८ जना निको भएका छन् । नेपालमा निको भएको दर ७४ दशमलव ७ प्रतिशत रहेको छ । काठमाडौंमा १८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३८ जना गरी गत २४ घण्टामा उपत्यकामा २६११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ जेष्ठ २

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ जेष्ठ २

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ जेष्ठ २

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP