३० बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता /काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ । अक्सिजन दिनुपर्ने कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि सयभन्दा बढी बेड भएका निजी र सामुदायिक अस्पताललाई तत्काल अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यो निर्देशन संगै अस्पतालले प्लान्ट जडान गरेर त्यसको जानकारी मन्त्रालयलाई गराउनुपर्नेछ । प्लान्ट जडान गर्न मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले समन्वय गर्ने गौतमले बताउनुभयो ।
५ सयभन्दा बढी बेड भएका मेडिकल कलेजमा समेत अक्सिजन प्लान्ट छैन । उनीहरु अक्सिजन सिलिन्डरकै भरमा छन । पर्याप्त अक्सिजन नभएकै कारण निजी अस्पतालले गम्भीर प्रकृतिका कोरोना संक्रमित नलिने सूचना नै जारी गरेका छन् । सरकारले अक्सिजन दिन नसक्दा बिरामी भर्ना गर्न नसकिएको एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का वरिष्ठ उपाध्यक्ष कुमार थापाले बताउनुभयो । उपाध्यक्ष थापाले सरकारले तोकेको समयसीमाभित्र अक्सिजन प्लान्ट राख्न सम्भव नभएको बताउनुभयो । सय बेडका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट जडान गर्न कम्तीमा १ करोड ३० लाखभन्दा बढी रकम जोहो गर्न पनि समस्या पर्ने उहाँको भनाई छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...