३० बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता /काठमाडौं बिश्व नै कोभिड-१९ अर्थात कोरोना महामारीबाट अत्यन्तै संकटमा गुज्रिरहेको अवस्थामा यो महामारीबाट बिश्वका सम्पूर्ण मानव जगतमा मुक्त मिलोस भन्ने कामना सहित बौंद्ध नयाँवस्ति स्थित छ्योर्तेन टासी तामाङ गुम्बामा गत मंगलबार सोल्खा अर्थात् महाकाला पुजा सम्पन्न भएका छन् । गुम्बाकै प्रमुख गुरु लगायत सम्पुर्ण बौंद्ध धर्म गुरुहरुको सहभागितामा महाकाला पुजा सम्पन्न भएको बौद्ध धर्मगुरु खेन्पो फुर्पा तामाङले जानकारी दिनुभयो । उहाँले यस सोल्खा अर्थात् महाकाला पुजामा गुम्बाका प्रमुख गुरु लामा लोपोन ङिमा साङपो तामाङ लगायत अन्य बौंद्ध धर्मगुरुहरुको सहभागितामा सम्पन्न भएको जनाउदै “आफुहरुले बिश्व नै कोरोना महामारीबाट छिटो नै मुक्ति मिलोस भनेर यो सोल्खा अर्थात् महाकाला पुजा” आयोजना गरेको बताउनु भयो । 
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...