३० बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता टोकियो/जापान – जापानमा हालसम्म कोरोना भाईरसको भ्याक्सिन लगाएका २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले हिजो(१२तारिख)विशेषज्ञहरुसंगको बैठकमा जानकारी गराएको छ । यद्यपी उनिहरुको मृत्यु कोरोना भ्याक्सिनकै कारण भएको हो या अन्य कारणले भन्नेबारे प्रष्ट कारण पत्ता लाग्न सकेको छैन । जापानी संचार माध्यम एनएचकेको अनलाईनमा प्रकाशन भएको समाचारका अनुसार,यो महिना ६ तारिखसम्ममा,फाईजरको कोरोना भ्याक्सिन लगाएका २० वर्ष उमेर समुह देखि ९० वर्ष उमेर समूहका २० जना महिला तथा पूरुषहरुको मृत्यु भएको हो । जापानमा हालसम्म ४२ लाख ३० हजार भन्दा धेरै वृद्धविद्धा तथा चिकित्सा क्षेत्रमा कृयाशिल मानिसहरुमा कोरोना खोप लगाईएको छ । यस क्रममा कुल ३९ जनाको खोप लगाईसकेपछि मृत्यु भएको छ ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...