३० बैशाख २०७८, कोशीपारी अनलाइन / काठमाडौ स्पेनिस ला लिगामा लिग लिडर एथ्लेटिको मड्रिडले रियल सोसिडाडमाथि २–१ गोलको जित निकालेको छ । बुधबार राति एथ्लेटिकोको मैदानमा घरेलु टोलीको जितमा यानिक कारास्को र एन्जल कोरेर्राले समान एक–एक गोल गरे भने सोसिडाडका इगोर जुबेल्डियाले एक गोल फर्काए ।
वान्डा मेट्रोपोलिटानोमा कारास्कोले १६औँ मिनेटमा गोल घरेलु टिमलाई सुरुआती अग्रता दिलाएका थिए । २८औँ मिनेटमा कोरेर्राले गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाए ।
८३औँ मिनेटमा जुेबेल्डियाले सोसिडाडका लागि सान्त्वना गोल गरे ।
जितसँगै शीर्ष स्थानको एथ्लेटिकोले ३६ खेलमा ८० अङ्क जोडेको छ । ऊ दोस्रो स्थानको बार्सिलोनाभन्दा चार तथा तेस्रो स्थानको रियल मड्रिडभन्दा पाँच अङ्कले अगाडि छ । बार्सिलोनाले ३६ तथा रियलले ३५ खेल खेलेको छ ।
साथै एथ्लेटिको उपाधि होडमा अब्बल देखिएको छ । सोसिडाड भने ५६ अङ्कसहित पाँचौँ स्थानमा छ ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...