३० बैशाख २०७८, कोशीपारी अनलाइन / काठमाडौ स्पेनिस ला लिगामा लिग लिडर एथ्लेटिको मड्रिडले रियल सोसिडाडमाथि २–१ गोलको जित निकालेको छ । बुधबार राति एथ्लेटिकोको मैदानमा घरेलु टोलीको जितमा यानिक कारास्को र एन्जल कोरेर्राले समान एक–एक गोल गरे भने सोसिडाडका इगोर जुबेल्डियाले एक गोल फर्काए ।
वान्डा मेट्रोपोलिटानोमा कारास्कोले १६औँ मिनेटमा गोल घरेलु टिमलाई सुरुआती अग्रता दिलाएका थिए । २८औँ मिनेटमा कोरेर्राले गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाए ।
८३औँ मिनेटमा जुेबेल्डियाले सोसिडाडका लागि सान्त्वना गोल गरे ।
जितसँगै शीर्ष स्थानको एथ्लेटिकोले ३६ खेलमा ८० अङ्क जोडेको छ । ऊ दोस्रो स्थानको बार्सिलोनाभन्दा चार तथा तेस्रो स्थानको रियल मड्रिडभन्दा पाँच अङ्कले अगाडि छ । बार्सिलोनाले ३६ तथा रियलले ३५ खेल खेलेको छ ।
साथै एथ्लेटिको उपाधि होडमा अब्बल देखिएको छ । सोसिडाड भने ५६ अङ्कसहित पाँचौँ स्थानमा छ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...