२०८२ फाल्गुन ४
February 16, 2026, Monday

कोरोनाका सक्रिय संक्रमित संख्या नेपालमा पहिलोपटक लाख नाघे

कोरोनाका सक्रिय संक्रमित संख्या   नेपालमा पहिलोपटक   लाख नाघे

२९ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी  १ लाख १ हजार ६ सय ३४ पुगेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेन परीक्षणमा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ७८६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९३०५ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट २०३६२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, ४२४ जनाको एन्टिजेन परीक्षण गरिएको छ।

मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा १६८ जनाको मृत्यु भएको भएको हो।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२५२ पुगेको छ।

पछिल्लो २४ घण्टाको अवधिमा ४४४४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै ३१६४६८ जना संक्रमण मुक्त (निको) भएका छन्। यो कुल संक्रमितको ७४.९ प्रतिशत हो।

मंगलबारसम्म देशभर १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या सर्वाधिक छ।

सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको छ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP