२०८२ माघ ५
January 19, 2026, Monday

यात्रुसँग दोब्बर भाडा लिने थप दुईजना पक्राउ

यात्रुसँग दोब्बर भाडा  लिने थप दुईजना पक्राउ

२९ बैशाख २०७८, कोशीपारी अनलाइन /काठमाडौँ यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने दुईजनालाई कलंकी र बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरको छ ।

उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढी भाडा लिइ ठगी गर्ने पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ बर्षीय हृदय नारायण साह र गंगबु काउण्टरबाट ३५ वर्षीय कृष्ण चौधरी रहेका छन् ।

साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए भने चौधरीले ना७ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुहरुसँग प्रति ब्यक्ति पच्चीस सयदेखि तीन हजारसम्म भाडा लिने गरेका थिए ।

निषेधाज्ञा लागू भएपश्चात बढि भाडा लिइ यात्रु ठग्नेबिरुद्ध कारबाही अभियान सञ्‍चालन गरी छुट्टै डेडिकेटेड टिम समेत परिचालन गरेको ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनले भने, ‘टोलीले सूचना संकलन गर्ने, निग्रानी गर्ने, यात्रु बनी भाडा बार्गेनिङ्ग गर्ने, गोप्य रुपमा बुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गरी कारबाही गर्दै आएका छौं।’

यसअघि निषेधाज्ञा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यात्रु ठग्नेलाई ट्राफिक प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP