२०८२ कार्तिक २३
November 9, 2025, Sunday

नुवाकोटमा थप एक कोरोना संक्रमितको मृत्यु

नुवाकोटमा थप एक कोरोना संक्रमितको मृत्यु

२९ बैशाख २०७८,कोशीपारी अनलाइन संवाददाता/ नुवाकोट नुवाकोटको त्रिशुली अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार जिल्ला अस्पताल रसुवाबाट त्रिशुली अस्पतालमा प्रेषण गरिएका ४७ वर्षिय पुरुषको आइतबार राती मृत्यु भएको हो । दोलखा जिल्ला घर भई हाल रसुवाको पाङ्लिङ खर्क बस्दै आएका उनलाई त्रिशुली अस्पतालको आकस्मिक कक्षमा उपचार गरिँदै थियो । डाक्टरहरुको अथक प्रयासको बाबजुद संक्रमितको मृत्यु भएकोमा अस्पताल प्रसासनले एक विज्ञप्ति जारी गरी शोक व्यक्त गरेको छ । हालसम्म जिल्ला अस्पताल त्रिशुलीमा कोभिड १९ को दास्रो लहर यता तीन जना संक्रमितको मृत्यु भएको छ । त्रिशूली अस्पतालमा अक्सिजन उत्पादन सुरु वाग्मती प्रदेशका पाँच जिल्ला अस्पतालमा ठूलो परिमाणमा अक्सिजन उत्पादन गर्न सकिने प्लान्ट जडान गरिँदै छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सिन्धुलीको जिल्ला अस्पताल र नुवाकोटको त्रिशूली अस्पतालमा प्लान्ट जडान गरी उत्पादनसमेत भइरहेको र मकवानपुर, भक्तपुर र धादिङमा भने प्लान्ट जडानको प्रक्रियामा रहेको जनाएको छ । प्रदेश सरकारले एउटा अक्सिजन प्लान्ट राख्न ८० लाख रुपैयाँ खर्च गर्दै छ,’ मन्त्रलायका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले भने, ‘सिन्धुली अस्पताल र त्रिशूली अस्पतालमा उत्पादनसमेत थालिएको छ । धादिङ र भक्तपुरमा प्लान्ट राख्न सम्झौता भई निर्माणको अन्तिम चरणमा छ ।’ उनका अनुसार प्रदेश राजधानी हेटौंडामा समेत प्लान्ट राखेर अक्सिजन उत्पादन गरी बिक्री गर्ने योजना मन्त्रालयको छ । अहिले हेटौंडा अस्पतालमा बिरामीका लागि अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुँदै आइरहेको छ । कोरोनाको दोस्रो लहर तीव्र भइरहे पनि प्रदेशमा अक्सिजन अभाव नहुने उनको दाबी छ । ‘केही समयमै पाँचै अस्पतालबाट अक्सिजन उत्पादन भएर सिलिन्डरमा भरेर अन्यत्र लैजान सकिनेछ,’ उनले भने । उनका अनुसार स्वास्थ्य आपर््तूि तथा व्यवस्थापन केन्द्र वाग्मती प्रदेशमा हाल ठूलो सिलिन्डर ८० थान मौज्दात छ । केन्द्र सरकारबाट पनि अक्सिजन सिलिन्डर उपलब्ध हुने क्रममा छ । प्रदेश सरकारले पनि सिलिन्डर खरिद प्रक्रिया अघि बढाएको छ । ‘हामीले अक्सिजनको अभाव नै नहोस् भनेर काम गरिरहेका छौं,’ उनले भने, ‘सकभर त्यस्तो समय नआए पनि हामी तयारी अवस्थामै छौं ।’ पाँचै अस्पतालबाट अक्सिजन उत्पादन सुरु भएपछि करिब १ हजार जनालाई अक्सिजन सिलिन्डर दिन सकिने डा. सेढार्इंको अनुमान छयता नुवाकोटको त्रिशूली अस्पतालले एक महिनादेखि अक्सिजन उत्पादन गर्दै आएको छ । प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट राखेर प्रति मिनेट ३ सय घनलिटर अक्सिजन उत्पादन हुँदै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट दिपेन्द्र पाण्डेले जानकारी दिएका छन् । अस्पतालको ५० बेडमा अक्सिजन जाने भए पनि ७६ थान अक्सिजन सिलिन्डर अस्पतालले स्टक राखेको छ ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP