२०८३ बैशाख ३
April 16, 2026, Thursday

सिन्धुपाल्चोकमा पूर्वमन्त्री बस्नेतले एक सय बेडको कोभिड-१९ सेवा केन्द्र खोल्ने

सिन्धुपाल्चोकमा पूर्वमन्त्री बस्नेतले एक सय बेडको कोभिड-१९ सेवा केन्द्र खोल्ने

२९ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कोभिड १९ सेवा केन्द्र स्थापना गर्ने घोषणा गर्नु भएको छ । बस्नेतले जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेकाले स्थानीयलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले एक सय बेडको कोभिड १९ सेवा केन्द्र एक महिनाभित्र स्थापना गर्ने घोषणा गर्नु भएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँँदै सेवा केन्द्रमा अक्सिजन, भेन्टिलेटरसम्मको व्यवस्था गरिने उहाँले बताउनुभयो । कोभिड १९ रोग नियन्त्रणमा आएपछि उक्त सेवा केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रको रुपमा रुपान्तरण गर्ने बस्नेतको योजना छ ।निकट भविष्यमा नै उहाँले कोरोना परीक्षण गर्ने पीसीआर मेसिनसमेत उपलब्ध गराउने बताउनुभयो । यसअघि पनि पीसीआर मेसिन राख्ने बताएका बस्नेतले राजनीतिक खिचातानीका कारण राख्न असमर्थ भएको बताउनु भएको थियो । यसैगरी कोरोना संक्रमण र अन्य रोग लागेका बिरामीलाई अस्पताल पुर्याउन बस्नेतले जीप उपलब्ध गराउने बताउनु भएको छ । जुन गाडी पछि आफूले फिर्ता नलिने बरु सञ्चालक समिति बनाएर त्यसलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्ने बनाउने उहाँले जानकारी दिनुभयो । कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै १ वर्षसम्म सवारी चालकको तलब भत्ता, गाडीको पm्युल(डिजेल) समेतको व्यवस्था व्यक्तिगत रुपमा आफैले गर्ने बस्नेतले प्रतिबद्धता जनाउनुभयो । यथाशीघ्र गाडी हस्तान्तरण गरेर सेवा सुरु गर्ने बस्नेतले जानकारी दिनुभयो । गत सालको कोरोना संक्रमणमा गाउँ गाउँ पुगेर स्थानीय, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई बस्नेतले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको थियो । गत सालको कोरोना संक्रमणमा गाउँ गाउँ पुगेर स्थानीय, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई बस्नेतले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको थियो । साथै जिल्लामा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीको बिमासमेत गराउनु भएको थियो । गत साल कोरोना संक्रमणबाट पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक राम्चेकी साबीत्री चालिसेको दुधे बालकलाई पौष्टिक आहारा खुवाउन भन्दै बस्नेतले एक लाख हस्तान्तरण गर्नु भएको थियो । उक्त बच्चालाई १२ कक्षासम्म निशुल्क पढाउने जिम्मेवारी पनि उहाँले लिनु भएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP