२०८२ फाल्गुन २५
March 9, 2026, Monday

रुघाखोकी लागेको छ?चिन्ता लिनुपर्दैन, सामान्य रुघाखोकी लागेको बेला पिसिआर पोजिटिभ आउँदैन

रुघाखोकी लागेको छ?चिन्ता लिनुपर्दैन,  सामान्य रुघाखोकी लागेको बेला पिसिआर पोजिटिभ आउँदैन

२९ बैशाख २०७८, कोशीपारी अनलाइन काठमाडौ / सामान्य रुघाखोकी लागेको बेला पिसिआर परीक्षण गराएमा रिर्पोट पोजोटिभ आउँछ भन्ने धारणा राख्ने गरेको पाइएको छ ।

तर, रुघाखोकी लाग्दैमा गराएको पिसिआर परीक्षणको नतिजामा कोरोना पोजेटिभ आउने वा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि हुने हुँदैन । सामान्य रुघाखोकी लागेको बेला पिसिआर परीक्षण गराएमा रिर्पोट पोजोटिभ आउँछ भन्ने धारणा गलत हो । स्वाब परीक्षण वा पिसिआर परीक्षणले सक्रिय सङ्क्रमित पहिचान गर्न वा कुनै व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित छ कि छैन भनेर पहिचान गर्न प्रयोग गरिन्छ ।

वैज्ञानिकका अनुसार पिसिआर परीक्षण विशेष रूपमा कोभिड निम्त्याउने जिम्मेवार सार्स–कोभ–२ भाइरस पत्ता लगाउनका लागि डिजाइन गरिएको हो । पिसिआर परिक्षणले सार्स–कोभ २ भाइरसको आनुवंशिक सामग्री पत्ता लगाएर नतिजा दिने क्लिनिकल बायोकेमिस्ट्री एन्ड लेबोरेटरी मेडिसनका लागि एसोसिएसन माइक्रोबायोलोजी कमिटीका अध्यक्ष डा. रोब सोर्टेन बताउँछन् ।

भाइरसको आनुवंशिक सामग्री फरक हुने हुँदा फ्लू वा सामान्य रुघाखोकीको भाइरस भएमा व्यक्तिले पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आउने सम्भावना निकै कम वा असम्भवजस्तै हुन्छ । तर, पिसिआर परीक्षण गर्दा रिपोर्ट फल्स नेगेटिभ (सङ्क्रमण भए पनि नदेखिने) आउन सक्छ । परीक्षण नमुना दूषित भएमा, सही तापमानमा भण्डारण नगरेमा वा आरएनए पत्ता लगाउन प्रयोग गरिएको रसायनले ठीकसँग काम नगर्दा भने यसले फल्स नेगेटिभ नतिजा दिन सक्छ ।

कोरोना भाइरसको सङ्क्रमण पुष्टि गर्नका लागि एन्टिबडी परीक्षण पनि गरिन्छ । तर, एन्टिबडी परीक्षणले सक्रिय सङ्क्रमण नभई विगतमा भएको सङ्क्रमणविरुद्ध एन्टिबडी बनाएमा मात्र रिपोर्ट पोजिटिभ देखाउने हुन्छ । एन्टिबडी परीक्षणले कोभिडबाहेकका अन्य कोरोना भाइरस पनि टिप्न सक्छन् । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) सक्रिय सङ्क्रमण पहिचान गर्न एन्टिबडी परीक्षण प्रयोग नगर्न सल्लाह दिन्छन् ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP