२०८२ फाल्गुन २५
March 9, 2026, Monday

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ४ सय २८ पुग्यो, लापरवाही नगर्न स्वास्थ्य प्रमुख चापागाइको अनुरोध

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ४ सय २८ पुग्यो, लापरवाही नगर्न स्वास्थ्य प्रमुख चापागाइको अनुरोध

२८ बैशाख २०७८, निर्मला तामाङ/ कोशीपारी अनलाइन संवाददाता सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जिल्लामा पछिल्लो ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार १७ महिला र २१ पुरुषमा गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो थप संक्रमित सङ्गै जिल्लामा संक्रमितको संख्या ४ सय २८ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार चौतारा साँगाचोकगढीमा २८ जना, जुगलमा १, बलेफि १, बाह्रबिसे २, हेलम्बु १ र ठेगाना नखुलेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो

केही संक्रमितको पुन परीक्षणमा गरेकाले तथ्यांक डुप्लिकेशन भएको र पुनपरीक्षण गरेकाको संख्या घटाएकाले जिल्लामा संक्रमितको संख्या ४ सय २८ मात्रै भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले जानकारी दिए ।

हाल ८ जना निको भएर घर फर्केका छन् । बाँकी होम आइसोलेसनमा र केही अस्पतालमा उपचाररत रहेका छन् ।

अहिले जिल्लमा संक्रिय संक्रमितको संख्या ४ सय २० पुगेको छ । पछिल्लो समय जिल्लामा सक्रिय संक्रमितको संख्या दिन दिनै बढेको छ ।

चैत ३० गते दोस्रो लहरको पहिलो संक्रमित देखिएकोमा एक महिना पुग्दानपुग्दै ४ सय माथि संक्रमित पुग्नुले कोरोनाको दोस्रो लहर समुदायस्तरमै फैलिएको पुष्टि भएको जनस्वास्थ्य अधिकृत चापागाईले बताए ।

`कोरोना समुदायमै फैलिसक्यो, लापरवाही नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अनुरोध गर्दछु`, उनले भने ।

अहिले कोरोना संक्रमण बढेको देखिएपनि नयाँ वर्ष, राजनीतिक भेला, गोष्ठी, विवाह, धार्मिक सांस्कृतिक कार्यक्रमहरुले कोरोना समुदायस्तरमा यसअघि नै फैलिएको र अहिले रिजल्ट मात्रै देखिएको जनस्वास्थ्य अधिकृत चापागाईको भनाइ छ ।

यस्तै जिल्लमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । स्वास्थ्य कार्यालयसँग कोरोनाबाट निधन भएका २ जनाको मात्रै तथ्याकं भएपनि ५ जनाको मृत्यु भएको अनौपचारिक जानकारी आएको वरिष्ठ अधिकृत चापागाइले बताए ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ बैशाख २८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ बैशाख २८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ बैशाख २८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP