२०८२ कार्तिक २१
November 7, 2025, Friday

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ४ सय २८ पुग्यो, लापरवाही नगर्न स्वास्थ्य प्रमुख चापागाइको अनुरोध

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ४ सय २८ पुग्यो, लापरवाही नगर्न स्वास्थ्य प्रमुख चापागाइको अनुरोध

२८ बैशाख २०७८, निर्मला तामाङ/ कोशीपारी अनलाइन संवाददाता सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जिल्लामा पछिल्लो ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार १७ महिला र २१ पुरुषमा गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो थप संक्रमित सङ्गै जिल्लामा संक्रमितको संख्या ४ सय २८ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार चौतारा साँगाचोकगढीमा २८ जना, जुगलमा १, बलेफि १, बाह्रबिसे २, हेलम्बु १ र ठेगाना नखुलेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो

केही संक्रमितको पुन परीक्षणमा गरेकाले तथ्यांक डुप्लिकेशन भएको र पुनपरीक्षण गरेकाको संख्या घटाएकाले जिल्लामा संक्रमितको संख्या ४ सय २८ मात्रै भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले जानकारी दिए ।

हाल ८ जना निको भएर घर फर्केका छन् । बाँकी होम आइसोलेसनमा र केही अस्पतालमा उपचाररत रहेका छन् ।

अहिले जिल्लमा संक्रिय संक्रमितको संख्या ४ सय २० पुगेको छ । पछिल्लो समय जिल्लामा सक्रिय संक्रमितको संख्या दिन दिनै बढेको छ ।

चैत ३० गते दोस्रो लहरको पहिलो संक्रमित देखिएकोमा एक महिना पुग्दानपुग्दै ४ सय माथि संक्रमित पुग्नुले कोरोनाको दोस्रो लहर समुदायस्तरमै फैलिएको पुष्टि भएको जनस्वास्थ्य अधिकृत चापागाईले बताए ।

`कोरोना समुदायमै फैलिसक्यो, लापरवाही नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अनुरोध गर्दछु`, उनले भने ।

अहिले कोरोना संक्रमण बढेको देखिएपनि नयाँ वर्ष, राजनीतिक भेला, गोष्ठी, विवाह, धार्मिक सांस्कृतिक कार्यक्रमहरुले कोरोना समुदायस्तरमा यसअघि नै फैलिएको र अहिले रिजल्ट मात्रै देखिएको जनस्वास्थ्य अधिकृत चापागाईको भनाइ छ ।

यस्तै जिल्लमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । स्वास्थ्य कार्यालयसँग कोरोनाबाट निधन भएका २ जनाको मात्रै तथ्याकं भएपनि ५ जनाको मृत्यु भएको अनौपचारिक जानकारी आएको वरिष्ठ अधिकृत चापागाइले बताए ।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०७८ बैशाख २८

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७८ बैशाख २८

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७८ बैशाख २८

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP