२०८२ फाल्गुन ४
February 16, 2026, Monday

सिन्धुपाल्चोकमा २३ गतेदेखि निषेधाज्ञा

सिन्धुपाल्चोकमा २३ गतेदेखि निषेधाज्ञा

२२ बैशाख २०७८, निर्मला तामाङ सिन्धुपाल्चोक संवाददाता सिन्धुपाल्चोक जिल्लामा पनि भोलि २३ गते बिहीबार बिहानबाट जिल्लाभर निषेधाज्ञा लागू हुने भएको छ । वैशाख २३ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राती १२ बजसेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बुधबारबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो । निस्किनै परेमा सरकारले तोकेको सामाजिक दूरी, स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ ।

एकै स्थानमा भेला भई सभा सम्मेलन गर्न, हाट, मेला, जात्रा महोत्सव, भोज गर्न पनि रोक लगाइएको छ । १० वर्षभन्दा मुनि तथा ६० वर्षभन्दा माथि उमेरका व्यक्तिलाई कुनै पनि काममा घरबाहिर आवतजावत गर्न नदिने निषेधाज्ञामा उल्लेख छ ।

यस्तैं सार्वजनिक तथा निजी सवारी साधनलाई निषेधित क्षेत्रमा सञ्‍चालन गर्न प्रतिबन्ध ल‍गाइएको छ भने अत्यावश्‍यक सेवाहरु एम्बुलेन्स,. खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, मासुजन्‍य बोकेको सवारी साधन, आइशोलेशन, फोहोरमैला व्‍यवस्थापनको गाडि सञ्चालन हुनेछ ।

यस्तै होटल तथा रेस्टुरेन्ट पूर्ण रुपमा बन्द गरिएको छ भने सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था संस्था र अत्यावश्‍यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा सञ्‍चालन गर्न दिइने विज्ञप्तिमा उल्लेख छ।

यस्तै सञ्‍चारकर्मी/पत्रकारको हकमा सूचना विभागले जारी गरेको पासको आधारमा आवतजावपत गर्न पाउने जारी आदेशमा उल्लेख गरिएको छ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ बैशाख २२

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ बैशाख २२

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ बैशाख २२

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP