२२ बैशाख २०७८, कोशीपारी अनलाइन/ काठमाडौ लमजुङ — आमाले छाडेर हिँडेपछि ७ वर्षीय युकेश गुरुङ बुबा राजकुमार र हजुरआमासँगै बस्थे । घरमा अरू कोही छैनन् । दूधपोखरी गाउँपालिका–३ फुलिङगिरीका युकेश गाउँकै फुलिङगिरी प्रावि कक्षा २ मा पढ्थे ।
चैत ३० मा विद्यालय छुट्टी भएपछि उनी खेल्दै छिमेकीको घरमा पुगेका थिए । खेल्दाखेल्दै साथीकी आमा ४८ वर्षीय फूलमाया विकले प्रयोग गर्ने ऐना भुइँमा झरेर फुटेको थियो । त्यही कारण फूलमायाले कुटपिट गर्दा युकेश बेहोस भएका थिए ।
त्यसपछि बेपत्ता युकेशलाई स्थानीयले वैशाख १ गते साँझ ५ बजेतिर घरदेखि अन्दाजी ३ सय मिटर टाढा रहेको खोल्सामा मृत अवस्थामा फेला पारे । ‘सानै उमेरमा भवितव्य हुन नसक्ने र उक्त ठाउँमा आउने कुनै कारण देखेनौं । कर्तव्य नै हुनुपर्छ भन्ने कोणबाट अनुसन्धान थाल्यौं । केही घाउचोट पनि थियो,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गंगाबहादुर थापाले भने, ‘घाँटीमा केही चिजले प्रहार गरेको जस्तो देखिएपछि शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायौं ।’
उनका अनुसार मृतकका आफन्त, परिवारलगायत मृतक जान सक्ने सम्भावित ठाउँका मानिसमाथि सूक्ष्म अनुसन्धान थालिएको थियो । सोधपुछका क्रममा फूलमायाकै छोराले आमाका कारण घटना भएको बताएका थिए । प्रमाण नहुँदा प्रहरीले पक्राउ गर्न सकेको थिएन । फूलमायाले ‘होइन’ भन्दै छोरालाई चुप लाग्न भनेकी थिइन् । ‘हामीले प्रमाण जुटाउँदै गयौं । १२ गते घरबाटै पक्राउ गर्यौं,’ डीएसपी थापाले भने । अदालतबाट म्याद थपेर थप अनुसन्धानका क्रममा फूलमायाले घटना स्वीकार गरेपछि प्रहरीले विस्तृत बयान लिएको थियो । ‘कर्तव्य ज्यान अभियोगमा मुद्दा अगाडि बढाएका छौं,’ डीएसपी थापाले भने ।
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...