२०८२ कार्तिक २३
November 9, 2025, Sunday

कोरोनाबाट नेपालमा एकै दिन ७६६० संक्रमित थपिए, उपत्यकामा मात्रै ३८९३, ५५ जनाको मृत्यु

कोरोनाबाट नेपालमा एकै दिन ७६६० संक्रमित थपिए, उपत्यकामा मात्रै ३८९३, ५५ जनाको मृत्यु

२१ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ पछिल्लो २४ घण्टामा नेपालमा सबैभन्दा बढी संक्रमित फेला परेका छन्।  पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै ३८९३ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा  २७७९, भक्तपुरमा ५ सय १३, ललितपुरमा ६०१ संक्रमित फेला परेका हुन्।

योसँगै संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ।

नेपालमा ५५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको हो। 

योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ बैशाख २१

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ बैशाख २१

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ बैशाख २१

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP