२०८२ फाल्गुन ४
February 16, 2026, Monday

नेपालमा एकैदिन ७ हजार २११ जनामा कोरोन संक्रमण पुष्टि, २७ जनाको मृत्यु

नेपालमा एकैदिन ७ हजार २११ जनामा कोरोन संक्रमण पुष्टि, २७ जनाको मृत्यु

१९ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो। 

काठमाडौं उपत्यकामा भक्तपुरमा ३०१, ललितपुरमा ५५० र काठमाडौंमा २७४४ जना गरी ३५९५ संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ३० पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ४८ हजार ७ सय ११ छन्।

गत २४ घण्टामा एक हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८३ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ३ सय २५ पुगेको छ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ बैशाख १९

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ बैशाख १९

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ बैशाख १९

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP