२०८२ माघ ५
January 19, 2026, Monday

काठमाडौंमा निषेधाज्ञा कडा पार्न सिडिओ आफैं निस्किए

काठमाडौंमा निषेधाज्ञा कडा पार्न सिडिओ आफैं निस्किए

१८ बैशाख २०७८, कोशीपारी अनलाइन काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौले जारी निषेधाज्ञालाई थप कडा पारेको छ।

शुक्रबार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

सो निर्णयपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आफैं अनुगमनमा निस्केका छन्।

शनिबार सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षा अधिकारी, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसाथ पराजुली अनुगमनमा निस्केका हुन्।

अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्किनुस् भन्ने हाम्रो अनुरोध छ,’ पराजुलीले भने, ‘निस्केको पाइए सम्झाउने, बुझाउने, होल्डिङ सेन्टरमा राख्ने र फर्काउने गरिएको छ।’

सम्झाइबुझाइ गर्दा नमाने संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पराजुलीले बताए।

प्रशासनले खोल्न पाइने र नपाइने पसल, खाद्यान्न, डिपार्टमेन्ट स्टोरबारे तोकिसकेकाले त्यसलाई पालना गर्नुपर्ने पराजुलीले बताए।

अनुगमन साथै टोली अस्पताल तथा खाली भवनहरूको खोजीमा लागेको छ। कम्तीमा एक हजार बेडको अक्सिजनसहितको आइसोलेसन चाहिने भएकाले टोली खोजीमा लागेको हो।

‘अहिले अस्पतालको संख्या बढाउनुपर्ने अवस्था छ, कुन अस्पताल वा कुन ठाउँमा खाली भवन छन् खोजिरहेका छौं,’ अनुगमनमा निस्केका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले भने।

क्षेत्रपाटी, कालिकास्थान, वीर अस्पताललगायत ठाउँमा टोली पुगिसकेको छ। क्षेत्रपाटीमा ५० बेडको अस्पताल बनाउन भवन भेटिएको प्रजिअ पराजुलीले बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई कम्तीमा १० दिन क्वारेन्टाइन वा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने देखिएको छ। त्यसका लागि ठाउँहरू खोजी भइहरेको छ।

यस्तै, मृत्युदर बढिरहेकाले शव व्यवस्थापन, जलाउने स्थानको व्यवस्थाका लागि पशुपति क्षेत्र विकास कोषलाई अनुरोध गरिएको छ।  

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP