२०८२ मंसिर १९
December 5, 2025, Friday

निषेधाज्ञामा सवारी पास: कसले पाउने, कसले नपाउने?

निषेधाज्ञामा सवारी पास: कसले पाउने, कसले नपाउने?

१६ बैशाख, २०७८/ कोशीपारी अनलाइन सम्बाददाता भक्तपुर जिल्ला प्रशासन कार्यालय भक्तपुरले निषेधाज्ञामा चल्न पाउने र नपाउने सवारी साधनको वर्गीकरण गरेको छ। नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएपछि संक्रमण नियन्त्रणका लागि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन सवारी साधनको वर्गीकरण गरेको हो। भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले निषेधाज्ञालाई पूर्ण पालना गर्न तथा निषेधाज्ञा अवधिभर घर बाहिर जान परेमा सवारी पास लिएर र जनस्वास्थ्य मापदण्ड पालना गरी घरबाट निस्कन सकिने बताए।  उनले निषेधाज्ञालाई कडाइका साथ लागू गर्नका लागि प्रशासन कार्यालयले पास आवश्यक पर्ने र आवश्यक नपर्ने भनी वर्गीकरण गरेको बताए। कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरूवा (बढीमा २ जना) स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनका लागि सवारी पास आवश्यक नपर्ने जनाएको छ।  कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरूवा (बढीमा २ जना) स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनका लागि सवारी पास आवश्यक नपर्ने जनाएको छ।  त्यसै सवारी पास आवश्यक नपर्ने सवारी साधनका वर्गमा अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयले सवारी पास आवश्यक पर्नेहरुको सूचीमा सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागवाट जारी भएको अनुमति पास लिएको सवारी साधन, विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रशासन कार्यालयबाट अनुमति पास लिएका सवारी साधन, अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गरिने जनाएको छ। त्यस्तै अस्पताल आउने जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने अवस्था भएमा पनि सवारी साधन प्रयोग गर्न पास लिनुपर्ने भएको उनको भनाइ छ।

Related News

मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
  • २०७८ बैशाख १६

कोशीपारी अनलाइन संवाददाता मंसिर १८, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य...

कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे
कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे
  • २०७८ बैशाख १६

कोशीपारी अनलाइन मंसिर १८, काठमाण्डौ नेपाली कांग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
  • २०७८ बैशाख १६

कोशीपारी अनलाइन मंसिर १८, काठमाण्डौं नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका...

TOP