२०८२ कार्तिक २३
November 9, 2025, Sunday

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले गरे मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेशका  मुख्यमन्त्री पौडेलले गरे मन्त्रिपरिषद् विस्तार

१५ बैशाख २०७८, कोशीपारी अनलाईन हेटौंडा।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री पौडेलले ३ मन्त्री र ७ जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

विस्तारित मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी काभ्रेका चन्द्र लामालाई दिएको बुझिएको छ। त्यस्तै मकवानपुरकी जुनेलीमाया श्रेष्ठ पनि राज्यमन्त्री बनेको स्रोतले जानकारी दियो। स्रोतका अनुसार सिन्धुपाल्चोकका सांसद् सरेश नेपाल, नेकपा एमाले बागमती प्रदेशमा प्रमुख सचेतक नुवाकोटका केशवराज पाण्डे र दोलखाकी सरस्वती बस्नेत पनि मन्त्रिपरिषद्मा समेटिएका छन्। धादिङका डा. रामकुमार अधिकारी र सिन्धुलीका प्रदिप कटुवाल पनि मन्त्रिपरिषद्मा समेटिएको बताइएको छ।

मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी ओली पक्षको नेकपा एमालेका सांसदहरु मात्र रहेका छन्। मुख्यमन्त्री पौडेलले पछिल्लो राजनीतिक घटनाक्रमका कारण पार्टी भित्र तीब्र विरोधकाबीच मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नियुक्त भएका मन्त्री तथा राज्यमन्त्रीहरूले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको जनाइएको छ।

गत पुस ५ गते मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुणकुमार नेपाल र समाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएसँगै तीन वटै मन्त्रालयको कार्यभार मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ बैशाख १५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ बैशाख १५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ बैशाख १५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP