रामेछाप — बेपत्ता भएको ८३ वर्षपछि रामेछापको खिम्तीका दिलनाथ अधिकारी थातथलो खोज्दै बिहीबार गाउँ आइपुगेका छन् । काठमाडौंको सडकमा एक्लै भौतारिँदै गरेको अवस्थामा भेटिएका ९३ वर्षीय उनलाई नवजीवन परोपकार समाजले खिम्ती ल्याइपुर्याएको हो ।
खिम्तीमा उनका खलक भेटिए । बाल्यकालमा पानी खाएको धारा भेटियो । उनले रमाउँदै त्यही धाराको पानी खाए । जन्मेको घर अहिले छैन । घडेरीमात्र छ । त्यही घडेरी घुमे । नाताले नाति नातिनी पर्ने सँग रमाए । घर नजिकैको रन बन हेरें । छिन छिनमा भावुक भए । सानैमा घर छोडेर हिँडेका ९३ वर्षीया वृद्ध अधिकारीले सुरुमा आफ्नो जन्मघर रामेछापको कठजोर रहेको बताएका थिए । दिलनाथ अधिकारीलाई काठमाडौंको सडकमा भेटेर संरक्षण दिँदै आएको नवजीवन परोपकार समाजले बुधबार साँझ मन्थली ल्याएर बिहीबार कठजोरको अधिकारी टोलमा लगेको थियो । सदरमुकामभन्दा १४ किलोमिटर पूर्वको कठजोरमा पुग्दा उनका खलक भेटिएनन् । बरु त्यहाँ पुग्दा उनले नाम लिएका गाउँ टोल रामेछापकै खिम्तीमा रहेको जानकारी भयो । ‘त्यसपछि हामीले उहाँलाई खिम्ती लग्यौं ’ समाजका अध्यक्ष दुर्गानाथ दाहालले भने ।
अधिकारीका अनुसार उनका बाबुको नाम लक्ष्मीप्रसाद अधिकारी हो । दाजु यज्ञप्रसाद बोल्न नसक्ने थिए । बाबु बितेपछि सहारा भएन र घरबाट निस्के अधिकारी भन्छन्– कहिले कता कहिले कता गर्दै घर फर्कन सकिनँ । उनले १० वर्षको उमेरमा दिदीको घर एकानकास्थलीमा ब्रतबन्ध गरेका थिए । विवाह गरेका छैनन् ।
अधिकारी घरबाट हिडेंपछि काठमाडौं पुगें । जागिरको खोजी गर्दै जादा श्री शम्शेर राणाको दरबारमा भान्से काम मिल्यो । त्यही छिरे र भान्सैमा ६० वर्ष बिताए । कहिले निस्के भन्ने उनलाई थाहा नै छैन । काठमाडौंमा कोरोना बढेका बेला गएको भदौमा उनी सडकमा बर्बराई रहेको बेलामा फेला परे र समाजले संरक्षण दियो । संरक्षणमा रहेका बेला अधिकारीलाई घर टोल जाने इच्छा जाग्यो । उनले समाजका अध्यक्ष दाहाललाई घर पुर्याइदिन भने । बाल्यकाल बिताएको ठाउँको सम्झना आयो अधिकारी भन्छन्– ‘अहिले आएँ, उ बेलाका मेरा साथीसंगी कोही बाँकी छैनन् होला ।’ नभन्दै उनले आफ्नो बालसखा भेटेनन् ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...