२०८२ फाल्गुन ४
February 16, 2026, Monday

ईन्द्रावती गाउँपालिका अध्यक्ष कप रनिङ शिल्डको उपाधि वडा नं ५ लाई

ईन्द्रावती गाउँपालिका अध्यक्ष कप रनिङ शिल्डको उपाधि वडा नं ५ लाई

निर्मला तामाङ, कोशीपारी अनलाईन सिन्धुपाल्चोक नवलपुर ।

इन्द्रावती गाउँपालिकामा सञ्चालन भएको दोस्रो “गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८” मा वडा नं ५ले प्रथम स्थान हासिल गरेको छ । गत बिहिबार भएको समापन खेलमा वडा नं ३ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नं ५ प्रथम स्थान ओगट्न सफल भएको थियो ।
गत सोमाबार इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले इन्द्रावती–५ ऐंसेलुखर्कमा रहेको गाउँपालिकाकै खेलमैदानमा एक भब्य कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरेका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्म छिरिङ शेर्पाले “ईन्द्रावति गाउँपालिकाले फुटबललाई प्रवद्र्धन गर्ने कार्य गरेकामा खुशी व्यक्त गरे” उहाँले अगामी दिनहरुमा राष्ट्रिय तहबाट पनि यस क्षेत्रलाई सहयोग गर्ने बताए । त्यस्तै गरी गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले “अनुशासित र दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य रहेकाले पालिकाले खेल प्रशिक्षक राख्ने व्यवस्था मिलाउने बताए ।”

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ गाउँपालिकाकै आयोजनामा आइतबार बाट शुरूवात भएको उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल वडा नं ५ ले प्रमाणपत्र सहित नगद रु १ लाख पुरस्कार प्राप्त गरेका थिए भने दोस्रो स्थान हासिल गर्न सफल वडा नं ३ ले प्रमाणपत्र सहित नगद रु ५० हजार प्राप्त गरेको जानकारी वडा नं ५ का वडा अध्यक्ष श्री दुर्गा बहादुर तामाङ
(च्याङ्बा) ले हामीलाई जानकारी दिनुभएको छ ।

अध्यक्ष तामाङका अनुसार बिहिबार भएको समापन खेलमा वडा नं १० ले तेश्रो स्थान हासिल गरी प्रमाणपत्र सहित रु २५ हजार र वडा नं १२ ले सान्त्वना स्वरुप प्रमाणपत्र सहित रु १५ पुरस्कार हात पारेका छन् ।
उक्त फुटबल प्रतियोगितामा वडा नं ५ कै राजकुमार तामाङ म्यान अफ त म्याच घोषित भएका थिए । कार्यक्रममा लोक गायक बल बहादुर वाईबा, सरोज लामिछाने,सीमा भण्डारी लगायतका कलाकारहरुले सांगितिक मनोरञ्जन समेत प्रस्तुत गरेका थिए ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ बैशाख १४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ बैशाख १४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ बैशाख १४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP