२०८२ फाल्गुन ४
February 16, 2026, Monday

काभ्रेमा कोरोना संक्रमितको संख्या १३३ पुग्यो, पछिल्लो थपिए ३४ जना नयाँ संक्रमित

१४ बैशाख २०७८, कोशीपारी अनलाईन

काभ्रेमा पछिल्लो एकैदिन ३४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १३३ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा ले जानकारी दिएका छन् ।
थपिनेमा सबैभन्दा बढी बनेपा नगरपालिकाका ९ पुरुष र ६ महिला छन् । त्यस्तै पनौती नगरपालिकाका ४ जना पुरुष र ३ जना महिला, धुलिखेल नगरपालिकाका ३ जना पुरुष र १ महिला संक्रमित भएका छन् । पाँचखाल नगरपालिका १ जना महिला, १ जना पुरुष, नमोबुद्ध नगरपालिकाका १ महिला, मण्डनदेउपुरका १ जना महिला, २ जना पुरुष, तेमाल गाउँपालिकाका १ महिला र भुम्लु गाउँपालिकाका १ पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. झा ले जानकारी दिएका छन् ।
संक्रमित मध्ये १२७ जना होम आइसोलेसनमै रहेका छन् । अस्पतालको आइसोलेसनमा ६ जना रहेका छन् । जिल्लाको १३ वटा स्थानीय तह मध्ये सबैभन्दा बढी हालसम्म धुलिखेल नगरपालिकामा ३७ जना संक्रमित छन् ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ बैशाख १४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ बैशाख १४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ बैशाख १४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP