१४ बैशाख २०७८ कोशीपारी अनलाईन
काभ्रे – चौरीदेउराली गाउँपालिका वडा नम्बर– ६ कात्तिके देउरालीमा एउटै कुकुरको टोकाईबाट २ जना स्थानीय व्यक्तिहरुको मृत्यु भएको छ । कुकुरको टोकाइबाट मृत्यु हुनेमा वडा नं.६ कात्तिकेका सुकुराम तामाङ र सुसान्त पहरी भएको खुलेको छ ।
चौरीदेउराली गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तेजबहादुर घिसिङले सुकुराम र सुसान्तको कुकुरले टोकेर भएको रेविजका कारणले मृत्यु भएको बताए । स्वास्थ्य प्रमुख घिसिङका अनुसार सुकरामलाई फागुन १६ गते तथा सुसान्तलाई फागुन ११ गते एउटै कुकुरले टोकेको थियो । एउटै कुकुरले टोक्दा सुकुरामको गत चैत ३० गते र सुसान्तको गत शुक्रबार मृत्यु भएको बताए उहाँले बताउनुभयो ।
कुकुरले टोकेपनि दुवै जनाले रेविज रोग विरुद्धको खोप नलगाएको कारण उनीहरु दुवैमा रेविजसँग मिल्दोजुल्दो लक्षण देखिएको र त्यसकै कारण उनीहरुको मृत्यु भएको हो । उक्त कुकुरले एउटै गाउँका अन्य थप चार जनालाई समेत टोकेको स्थानीयको भनाई छ । कुकुरले मान्छे टोक्दै हिडेपछि स्थानीयले कुकुरलाई मारेका थिए ।
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...