१३ बैशाख, २०७८/ कोशीपारी अनलाइन, काठमाडौं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सोमबार बाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।
सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना सङ्क्रमणको दर बढी रहेको भन्दै सोमबार बाट सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको जनाइएको छ । विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ ।
यस अघिको मन्त्रिपरिषद्को बैठकले कोरोना सङ्क्रमणका कारण आगामी वैशाखभर मुख्य सहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो २४ घण्टामा देशभर थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज थप २८ जनाको मृत्यु भएको छ ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...