२०८२ कार्तिक २८
November 14, 2025, Friday

यसपटक शिक्षकको बिज्ञापन बजेट भाषण अगावै हुने

यसपटक शिक्षकको बिज्ञापन बजेट भाषण अगावै हुने

कोशीपारी अनलाईन सम्बाददाता, काठमाडौ अघिल्लो सालको असोजमा संशोधन भएको शिक्षक सेवा आयोग दशौँ संशोधन नियमावलीले नयाँ संरचना अनुसार विज्ञापन गर्नुपर्ने व्यवस्था गरे पछि त्यस अनुरुपको काम हुन् सकेको थिएन। अब भने त्यो कार्यन्वयनको चरणमा पुगेको छ। शिक्षक सेवा आयोगले अब नयाँ संरचनामा शिक्षकको विज्ञापन गर्ने भएको छ । नियमावलीमा व्यवस्था गरिए अनुसार आयोगले माध्यामिक र निम्न माध्यामिक तहको विज्ञापन प्रदेशस्तरमा र प्राथमिक तहको विज्ञापन जिल्लास्तरमा गर्नेछ ।

संसोधित नियमावलीले निम्न माध्यमिक र माध्यमिक तहको हकमा आयोगले अब रिक्त शिक्षकको पदपूर्ति प्रदेशस्तरमा गर्नेछ । नियमावलीमा भनिएको छ, ‘आयोगले रिक्त शिक्षक पदपूर्ति गर्न आवश्यक विवरण खुलाई राष्ट्रियस्तरको पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गराउनु पर्नेछ । यसरी विज्ञापन गर्दा प्राथमिक तहको हकमा जिल्लागत निम्नमाध्यामिक तहको हकमा प्रदेशस्तरमा विज्ञापन गर्नु पर्नेछ ।’

लामो समयदेखि शिक्षकको बिज्ञापन नहुंदा यसबारे चासो बढेको छ । शिक्षक सेवा आयोग तयारी गरिरहेकाहरु समेत आयोग खुल्ने टुङगो नलाग्दा अलमलमा परेका छन् । बैशाख भित्रमा शिक्षक सेवा आयोगले पुर्णता पाउने र जेठ मसान्त भित्रमा आयोगले बिज्ञापन गर्ने गरिको तयारी गरिसकेको आयोग श्रोतले बताएको छ। शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठका कारण यी सबै काममा ढिलाई भएको श्रोतको भनाई छ। बजेट भाषण अगाडी नै शिक्षकको बिज्ञापन गर्ने बिषयमा आयोग शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयको सहमति भईसकेको बुझिएको छ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०७८ बैशाख १३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७८ बैशाख १३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७८ बैशाख १३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP