२०८२ फाल्गुन २५
March 9, 2026, Monday

यसपटक शिक्षकको बिज्ञापन बजेट भाषण अगावै हुने

यसपटक शिक्षकको बिज्ञापन बजेट भाषण अगावै हुने

कोशीपारी अनलाईन सम्बाददाता, काठमाडौ अघिल्लो सालको असोजमा संशोधन भएको शिक्षक सेवा आयोग दशौँ संशोधन नियमावलीले नयाँ संरचना अनुसार विज्ञापन गर्नुपर्ने व्यवस्था गरे पछि त्यस अनुरुपको काम हुन् सकेको थिएन। अब भने त्यो कार्यन्वयनको चरणमा पुगेको छ। शिक्षक सेवा आयोगले अब नयाँ संरचनामा शिक्षकको विज्ञापन गर्ने भएको छ । नियमावलीमा व्यवस्था गरिए अनुसार आयोगले माध्यामिक र निम्न माध्यामिक तहको विज्ञापन प्रदेशस्तरमा र प्राथमिक तहको विज्ञापन जिल्लास्तरमा गर्नेछ ।

संसोधित नियमावलीले निम्न माध्यमिक र माध्यमिक तहको हकमा आयोगले अब रिक्त शिक्षकको पदपूर्ति प्रदेशस्तरमा गर्नेछ । नियमावलीमा भनिएको छ, ‘आयोगले रिक्त शिक्षक पदपूर्ति गर्न आवश्यक विवरण खुलाई राष्ट्रियस्तरको पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गराउनु पर्नेछ । यसरी विज्ञापन गर्दा प्राथमिक तहको हकमा जिल्लागत निम्नमाध्यामिक तहको हकमा प्रदेशस्तरमा विज्ञापन गर्नु पर्नेछ ।’

लामो समयदेखि शिक्षकको बिज्ञापन नहुंदा यसबारे चासो बढेको छ । शिक्षक सेवा आयोग तयारी गरिरहेकाहरु समेत आयोग खुल्ने टुङगो नलाग्दा अलमलमा परेका छन् । बैशाख भित्रमा शिक्षक सेवा आयोगले पुर्णता पाउने र जेठ मसान्त भित्रमा आयोगले बिज्ञापन गर्ने गरिको तयारी गरिसकेको आयोग श्रोतले बताएको छ। शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठका कारण यी सबै काममा ढिलाई भएको श्रोतको भनाई छ। बजेट भाषण अगाडी नै शिक्षकको बिज्ञापन गर्ने बिषयमा आयोग शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयको सहमति भईसकेको बुझिएको छ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ बैशाख १३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ बैशाख १३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ बैशाख १३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP