बैशाख १२, २०७८ कोशीपारी अनलाईन सम्बाददाता सीसीएमसीले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । सीसीएमसीको आइतबारको बैठकले सक्रिय संक्रमितको संख्या अनुसार निषेधाज्ञा गर्ने जिम्मेवारी स्थानीय प्रशासन (डीसीसीएमसी)लाई दिने र कोरोना संक्रमण नियन्त्रण बाहिर जाने भएमा लकडाउनको निर्णय लिन सकिने पनि जनाएको छ। कोरोनाको संक्रमण तीव्र रूपमा बढ्दै गएकाले मुलुकभर लकडाउनको अवस्था आउन नदिनका निम्ति स्थानीय प्रशासनलाई निषेधाज्ञाको जिम्मेवारी दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। ‘पहाडमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा स्थानीय प्रशासनले नै अवस्था हेरेर निषेधाज्ञा जारी गर्ने भन्ने निर्णय भएको छ। भविष्यमा लकडाउनको अवस्था पनि आउन सक्छ,’ ती मन्त्रीले भने।त्यस्तै, भारतबाट आउने हवाइ उडानमा रोक नलगाए पनि भारतबाट आएर तेस्रो मुलुक जानेहरूलाई भने रोक्ने सीसीएमसीले निर्णय गरेको छ। ‘नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रमलाई पूर्णतया रोक्ने निर्णय भएको छ,’ ती मन्त्रीले भने, ‘नेपाल आउने विदेशीलाई नेपालको स्वास्थ्य मापदण्डअनुसार निश्चित समय क्वारेन्टाइन बसेपछि मात्रै आवतजावत गर्न दिने भन्ने निर्णय भएको छ।’
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...