२०८२ कार्तिक २१
November 7, 2025, Friday

उपत्यकाको ३ जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने प्रशासनको निर्णय

उपत्यकाको ३ जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने प्रशासनको निर्णय

२०७८ बैशाख १२, कोशीपारी अनलाईन काठमाडौं । जिल्ला प्रशासन कार्यालयले दिदै आएको अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ ।आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले उक्त निर्णय गरेको हो । उपत्यकाका तीन जिल्ला प्रमुखको बसेको बैठकले तत्काल कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा ब’न्द गर्ने र अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्णय गरेको छ ।अत्यावश्यकमा शा’न्तिसुरक्षा लगायतका सेवा खुला हुने छन्र । राहदानी, राहदानी , पत्रपत्रिका दर्ता, संघ सस्था नवीकरणको सेवा भोली सोमबार देखि ब’न्द हुने उहाँले जानकारी दिनुभयो ।यता कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठक सुरु भएको छ। कोरोना संक्रमणको जोखिम दिनदिनै बढ्दै गएपछि थप रणनीति तय गर्नेबारे छलफल सुरु भएको हो। उपप्रधानमन्त्री ईश्वर पोख्रेलका प्रेस संयोजक गणेश पाण्डेले सिंहदरबारमा सो बैठक सुरु भएको जानकारी दिए। यसअघि शनिबार सीसीएमसीका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई पछिल्लो अवस्था र सरकारले गर्नुपर्ने निर्णयबारे ब्रिफिङ गरेका थिए। त्यहिअनुसार थप रणनीति तयार गर्न छलफल सुरु भएको हो। सीसीएमसीले सरकारलाई थप कडाइ गर्न सिफारिस गर्ने तयारी गरेको छ। यसअघि स्वास्थ्य मन्त्रालयले स्थिति बिग्रिएको भन्दै थप तयारीबारे निर्णय लिन आग्रह गरेको छ। पछिल्ला दिन नेपालमा दैनिक २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। उनले संक्रमण बढी फैलिएका निश्चित ठाउँहरुमा स्थानीय स्तरको लकडाउन हुनसक्ने बताए।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०७८ बैशाख १२

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७८ बैशाख १२

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७८ बैशाख १२

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP