२०८२ फाल्गुन २५
March 9, 2026, Monday

उपत्यकाको ३ जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने प्रशासनको निर्णय

उपत्यकाको ३ जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने प्रशासनको निर्णय

२०७८ बैशाख १२, कोशीपारी अनलाईन काठमाडौं । जिल्ला प्रशासन कार्यालयले दिदै आएको अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ ।आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले उक्त निर्णय गरेको हो । उपत्यकाका तीन जिल्ला प्रमुखको बसेको बैठकले तत्काल कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा ब’न्द गर्ने र अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्णय गरेको छ ।अत्यावश्यकमा शा’न्तिसुरक्षा लगायतका सेवा खुला हुने छन्र । राहदानी, राहदानी , पत्रपत्रिका दर्ता, संघ सस्था नवीकरणको सेवा भोली सोमबार देखि ब’न्द हुने उहाँले जानकारी दिनुभयो ।यता कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठक सुरु भएको छ। कोरोना संक्रमणको जोखिम दिनदिनै बढ्दै गएपछि थप रणनीति तय गर्नेबारे छलफल सुरु भएको हो। उपप्रधानमन्त्री ईश्वर पोख्रेलका प्रेस संयोजक गणेश पाण्डेले सिंहदरबारमा सो बैठक सुरु भएको जानकारी दिए। यसअघि शनिबार सीसीएमसीका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई पछिल्लो अवस्था र सरकारले गर्नुपर्ने निर्णयबारे ब्रिफिङ गरेका थिए। त्यहिअनुसार थप रणनीति तयार गर्न छलफल सुरु भएको हो। सीसीएमसीले सरकारलाई थप कडाइ गर्न सिफारिस गर्ने तयारी गरेको छ। यसअघि स्वास्थ्य मन्त्रालयले स्थिति बिग्रिएको भन्दै थप तयारीबारे निर्णय लिन आग्रह गरेको छ। पछिल्ला दिन नेपालमा दैनिक २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। उनले संक्रमण बढी फैलिएका निश्चित ठाउँहरुमा स्थानीय स्तरको लकडाउन हुनसक्ने बताए।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ बैशाख १२

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ बैशाख १२

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ बैशाख १२

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP