काठमाडौं, १२ बैशाख । प्रहरीले उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट प्रक्राउ गरेको हो । प्रहरीले दुर्गालाललाई बसुन्धाराबाट र अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कको कार्यालयबाटै नियन्त्रणमा लिएर अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
उज्यालो नेटवर्क अनलाईले प्रधामन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त कुमार गोयलबीच सहमति भएको भन्दै नक्कली हस्ताक्षरसहितको पत्र राखेर समाचार लेखेको थियो । पछि, प्रेस काउन्सिललाई भने गल्ती भएको भनेर उज्यालो नेटवर्क अनलाईनले माफीसमेत मागी सकेको थियो । अदालतले पनि समाचार लेखेकै भरमा धरपकड नगर्न आदेश दिएको थियो ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...