कोशीपारी अनलाईन- काठमाडौ नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र ११४३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन विधिबाट ११३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकामा भक्तपुरमा ८७, ललितपुरमा १४१ र काठमाडौंमा ६४४ जना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ।
गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाबाट निको हुनेको दर ९३.३ प्रतिशत छ।
पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१३६ पुगेको छ।
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...
कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...